शनिबार, असोज ५ गते २०८१    
images
images

पुनरुत्थानमा महासंघको सिंगो सञ्जाल नै परिचालित हुनुपर्ने बेला आएको छ : अध्यक्ष गोल्छा

images
मंगलबार, पुस १३ २०७८
images
images
पुनरुत्थानमा महासंघको सिंगो सञ्जाल नै परिचालित हुनुपर्ने बेला आएको छ : अध्यक्ष गोल्छा
images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले सदस्य वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गरेको छ।

images
images
images

कार्यक्रममा एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपाल, नेपाल कोरोगेटेड बक्स उत्पादक संघ, नेपाल कुरियर सेवा संघ, फुटवेयर म्यानुुफ्याक्चर्स एसोसिएसन अफ नेपाल, नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपाल, नेपाल कृषि मेशीनरी व्यवसायी संघ, नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन, नेपाल जडीबुटी उत्पादक संघ, नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक संघका नव निर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूलाई सम्मान गरेको हो। 

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसायको पुनरूत्थानमा महासंघको सिंगो सञ्जाल नै परिचालित हुनुपर्ने बेला आएको बताउँदै सदस्य वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरूलाई पनि यसतर्फ क्रियाशिल हुुन आग्रह गरे। अध्यक्ष गोल्छाले नेट २०३० ले लिएका लक्ष्यहरू पूरा गर्न महासंघले आफ्ना सदस्यहरूबाट बलियो साथ र सहयोग पाउने विश्वास व्यक्त गरे। 

कार्यक्रममा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र उपाध्यक्ष रामचन्द्र संघाईले वस्तुुगत संघहरूका नेतृत्वले राखेका क्षेत्रगत समस्या संवोधनमा महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए। 

images

कार्यक्रममा नवनिर्वाचित अध्यक्षहरूले राखेको गुनासा एवं समस्याहरूको बुँदागत रुपमा संवोधन गर्दै महासंघको वस्तुगत परिषद्का सभापति एवं उपाध्यक्ष अन्जन श्रेष्ठले समस्या समाधानमा महासंघले पहल गर्ने विश्वास दिलाए। 

कार्यक्रममा नेपाल कोरोगेटेड बक्स उत्पादक संघका अध्यक्ष सुकृतराज पराजुलीले प्याकिङ बक्समा आत्मनिर्भर भएपनि आयातित बक्सबाट नेपाली उत्पादनलाई समस्या भएको, कोरोगेटेड उद्योगको कच्चा पदार्थ पुराना कागज निर्यात रोक्नु पर्ने, बहुराष्ट्रिय कम्पनी र राष्ट्रिय कम्पनीहरूले दिने तलव ज्याला सामान हुँदा समस्या भएको गुनासो गरे। त्यस्तै नेपाल कुरियर सेवा संघका अध्यक्ष देवेन्द्र खड्काले अन्तराष्ट्रिय विमानस्थल र वस पार्कहरूमा छुट्टै कुरियर टर्मिनलको माग गरे। 

अध्यक्ष खड्काले कुरियर भ्यानलाई ट्राफिकबाट समस्या भएकाले समस्या समाधानमा पहल हुनुपर्ने र कुरियरमा भ्याट हटाउनु पर्ने सुझाव दिए। 

नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष ध्र्रुववहादुर थापाले एलसीमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने नीतिले समस्या ल्याएको, भन्सार सन्दर्भ मूल्य सूची र कालोबजारी ऐनका कारण अटोमोवाइल्स व्यवसायीले दुःख पाइरहेको बताए।

त्यस्तै उनले एसकेयू सहित भ्याट बुझाउन गाह्रो भएको र यसले मिसम्याचको समेत समस्या ल्याउन सक्ने हुँदा यसलाई हटाउनु पर्ने, भेइकल स्टकमा रहँदा वार्षिक शुल्क/करका सम्बन्धमा अव्यवहारिक नीति हटाउनु महासंघले पहल गर्नुपर्ने सुझा दिए। 

नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालले मल्चिङ प्लाष्टिक, थोपा सिँचाईको पाइप तथा फलाम तथा पाइपहरूबाट बनेका ग्रिन हाउस संरचनाहरू नेपालमै उत्पादन सुरु गरि बजारीकरण भइसकेकाले यी सबै स्वदेशी उत्पादनहरूलाई नै प्रवद्र्धन गर्ने नीति सरकारको हुनुपर्ने सुझाव राखे। 

कार्यक्रममा वस्तुगत परिषदका उपसभापति अरनिको राजभण्डारी, महासंघको कार्यकारिणी समितिका सदस्यहरू, परिषद्का सल्लाहकार, सदस्यहरू, उद्यमी व्यवसायीहरूको उपस्थिति थियो।


प्रकाशित : मंगलबार, पुस १३ २०७८११:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend