सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

मिथिला थाली अब गौशाला र गैरीधारामा पनि, एक वर्षभित्र भारत र कतारमा पनि खोल्ने लक्ष्य

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार ६ २०८१
images
मिथिला थाली अब गौशाला र गैरीधारामा पनि, एक वर्षभित्र भारत र कतारमा पनि खोल्ने लक्ष्य

'हामीले मिथिला कलाकारका सिर्जनालाई यहाँ राखेका छौँ, ग्राहकहरुले यी कला खरिद गरेर उहाँहरुलाई आर्थिक रुपमा  सहयोग गर्न सक्नुहुनेछ'

images
images

काठमाडौं- मास्टर सेफ सन्तोष साहले सुरु गर्नुभएको ‘मिथिला थाली’ रेस्टुराँ दोस्रो वर्षमा प्रवेश गरेको छ। मिथिलाको मौलिक परिकार प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्षको असार ६ गते जनकपुरमा मिथिला खानाको रेस्टुराँ सुरु गरेका साहले दोस्रो वर्ष नपुग्दै राजधानी काठमाडौंमा तीन शाखा विस्तार गरेका छन्। 

images
images
images

जनकपुर तथा मधेसको मौलिक परिकारको स्वाद काठमाडौँबासीलाई खुवाउने योजनाका साथ उनले केही समय अघि झम्सिखेलमा मिथिला थाली सुरु गरेका थिए। साथै दोस्रो वर्ष पुगेको अवसरमा गौशालामा मिथिला थालीको तेस्रो शाखाको आज ‘सफ्ट ओपनिङ’ गरिएको छ भने नक्सालको गैरीधारामा केही दिनमै नयाँ रेस्टुराँ सञ्चालन हुने उनको भनाइ छ। 

images
images

'जनकपुरमा अपेक्षाकृत सफलतापछि काठमाडौं उपत्यकाको झम्सिखेलमा रेष्टुराँ सुरु गरेका थियौँ', उनले भने, 'झम्सिखेलको रेष्टुराँमा उत्साहजनक प्रतिक्रियापछि गौशाला र गैरीधारामा रेस्टुराँ सुरु गर्न लागिएको हो।'

images
images

उनका अनुसार गौशालाको शाखामा शाकाहारी मिथिला परिकार मात्रै उपलब्ध हुनेछ । पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने तिर्थयात्रीलाई लक्षित गरी रेष्टुँरालक्षित गरिएको उनको भनाइ छ। मिथिला थालीअन्तर्गत ग्राहकले एकै थालीमा १७ परिकारको स्वाद लिन पाउने छन्। 

'मेरो उद्देश्य मिथिलाको मौलिक खानासँगै संस्कृति र कला पनि प्रबद्र्धन गर्नु हो', उनले भने, 'त्यसैले रेष्टुराँ पनि मिथिला कलाले सजाइएको छ।'

ippan.jpeg
सेफ सन्तोष साह।

रेष्टुराँमा आउने ग्राहकले मिथिला आर्ट खरिद गरेर कलाकारलाई सहयोग पनि गर्न सक्ने साहको भनाइ छ। 'हामीले मिथिला कलाकारका सिर्जनालाई यहाँ राखेका छौँ, ग्राहकहरुले यी कला खरिद गरेर उहाँहरुलाई आर्थिक रुपमा  सहयोग गर्न सक्नुहुनेछ', उनले भने। 

दाई दिलिप साहको प्रेरणाबाट सेफ बनेर बिबिसीको मास्टर सेफ २०२०को उपविजेता र मास्टर सेफको प्रोफेसनल रिम्याच २०२१ को बिजेता बन्दै विश्वभर नेपाली परिकार चिनाउन सफल साहले अहिले पनि दाईसँगै सहकार्यमा रेष्टुराँ विस्तार गरिरहेका छन्।

साह पछिल्लो समय उनी खाना पर्यटन प्रवर्द्धनमा पनि उत्तिकै सक्रिय छन्। माता सिताको जन्मभूमिको परिकारलाई भगवान रामको जन्मभूमि भारतको अयोध्यामा पुर्‍याउने गरी काम भइरहेको र एक वर्षभित्रमा अयोध्यामा पनि मिथिला थाली रेष्टुँरा सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले जानकारी दिए। साथै कतारको राजधानी दोहामा पनि एक वर्षभित्रै रेस्टुराँ सुरु गर्ने योजना रहेको उनको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , असार ६ २०८११८:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend