सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

किसानलाई मलको अभाव हुँदैन : कृषिमन्त्री साह

images
बिहीबार , असार ६ २०८१
images
किसानलाई मलको अभाव हुँदैन : कृषिमन्त्री साह
images
images

काठमाडाैं- कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले किसानलाई मलको अभाव नहुने दाबी गरेकी छिन्।

images
images
images

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत कृषि तथा पशुपक्षीसम्बन्धी विनियोजन शीर्षकमा उठेका प्रश्नको जवाफ दिँदै उनले धान रोपाइँमा किसानलाई मल अभाव नहुने र किसानलाई समयमै मल वितरण गर्न मन्त्रालय लागेको बताइन्।

images
images

उनका अनुसार चालु आर्थिक वर्षको २८ अर्ब ६७ करोड रूपैयाँ अनुदानका लागि विनियोजित बजेटबाट ६ लाख मेट्रिकटन रासायनिक मल अनुदानमा पाउन सकिने भएको छ। साथै दुई लाख मेट्रिकटन मलको बोलपत्र आह्वान भइसकेको उनले जानकारी दिइन्।

images
images

गत जेठ २८ सम्म तीन लाख ९० हजार मेट्रिक टन मल आयात भएकोमा तीन लाख ६७ हजार मेट्रिक टन मल बिक्री वितरण भएको छ। गत वर्षको समेत गरी कुल ९६ हजार मेट्रिक टन मल मौज्दात रहेको उनले जानकारी दिए।

दुग्ध किसानको भुक्तानीमा ३० करोड ऋण सकियो

सोही अवसरमा मन्त्री साहले दुग्ध किसानलाई भुक्तानी गर्न ३० करोड रूपैयाँ लिएको ऋण सकिएको जानकारी दिँदै थप भुक्तानीका लागि ऋण लिन दुग्ध विकास संस्थानलाई निर्देशन दिएको बताए।

'मन्त्रालयले ३० करोड रूपैयाँ लिइ किसानको भुक्तानी गरिसकेको अवस्था छ', मन्त्री साहले भनिन्, 'बाँकी भुक्तानीका लागि थप ऋण लिन संस्थानलाई निर्देशन दिएको छु।'

उनका अनुसार सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले दैनिक एक लाख ५० हजार लिटरसम्म दूध संकलन गरिरहेको र बाँकी दूध निजी दुग्ध उद्योगहरुले संकलन गरिरहेका छन्। दूध खरिद गरेपछि प्रत्येक दिनमा किसानलाई भुक्तानी गर्दै आइरहेको उनको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , असार ६ २०८११७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend