आइतबार, मंसिर ९ गते २०८१    
images
images

हनुमानढोका हेरचाह अड्डाले महानगरपालिकालाई भन्यो - दिने भनेर पर्यटकबाट उठाएको रकम खै?

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस १३ २०७८
images
images
हनुमानढोका हेरचाह अड्डाले महानगरपालिकालाई भन्यो - दिने भनेर पर्यटकबाट उठाएको रकम खै?
images
images

काठमाडौं- हनुमानढोका दरबार हेरचाह अड्डाले सम्झौता भएअनुरुपको बाँकी रकम तत्काल फिर्ता गर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरेको छ।  

images
images
images

अहिले अड्डाले विदेशीको लागि तीन सय रूपैयाँको टिकटको व्यवस्था गरेको छ। यसअघिसम्म काठमाडौं महानगरपालिकाले विदेशीको लागि १ हजार र दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका नागरिकको लागि ७ सय ५० रूपैयाँ लिने गरेको थियो। यसबाट उठेको रकमको २५ प्रतिशत अड्डालाई दिने गरी विस २०६८ मा ती दुई निकायका बीचमा सम्झौता भएको जनाइएको छ।

images

सम्झौताअनुसार पहिलो चरणमा कोरोना भाइरस सुरु हुनुभन्दा पहिलेकै ३ करोड ५० लाख र त्यसपछिको ५० लाख गरी ४ करोड रूपैयाँ दिनुपर्ने अड्डाको भनाइ छ। उक्त रकम तत्काल दिन काठमाडौं महानगरपालिकालाई आग्रह गरिएको छ। यसरी हनुमानढोका प्रवेशमा कामपाले र अड्डाले फरक फरक प्रवेश शुल्क लिँदा विदेशी नागरिक दोहोरो मारमा पर्दै आएका छन्।

images

खर्च व्यवस्थापन गर्न समस्या भएको भन्दै अड्डाले कामपालाई पटकपटक जानकारी गराउँदै यसअघि बाँकी रहेको रकम दिन आग्रह गर्दासमेत उपलब्ध नभए पनि आफूहरुले विदेशीको लागि छुट्टै टिकटको व्यवस्था गरेको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए।

महामारी सुरु हुनुपूर्वको ३ करोड ५० लाख त्यसपछिको केही रकम गरी हाल करिब ४ करोड रूपैयाँ दिन बाँकी रहे पनि प्राप्त गर्न नसकेकाले हनुमानढोका विकास समिति सञ्चालन बोर्डको निर्णयअनुसार उक्त स्थानमा विदेशी प्रवेश गर्नका लागि ३ सय रूपैयाँको छुट्टै व्यवस्था गरेको हो। उनले कामपालाई यसअघि दिनुपर्ने रकम दिन र आगामी दिनमा पनि त्यसलाई निरन्तर गर्न आग्रह गर्दै आएको बताए।

मागअनुरुप कामपाले बक्यौता रकम र आगामी दिनमा पनि सम्झौता भएअनुसारको रकम प्रदान गरेको अवस्थामा विदेशी पाहुनाको लागि आफूहरुले लिने गरेको ३ सय रूपैयाँको टिकट रद्द गर्ने प्रमुख खनालले स्पष्ट पारे। रासस   


प्रकाशित : मंगलबार, पुस १३ २०७८११:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend