मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

काभ्रेका अधिकांश एग्रोभेट अव्यवस्थितरुपमा सञ्चालन, पनौतीको एक एग्रोभेट सिल

images
बिहीबार , असार ६ २०८१
images
काभ्रेका अधिकांश एग्रोभेट अव्यवस्थितरुपमा सञ्चालन, पनौतीको एक एग्रोभेट सिल

मौसम एग्रोभेट सेन्टरमा तालिमप्राप्त व्यक्ति नभेटिएकाले टोलीले सेन्टरको इजाजतपत्र र प्रमाणपत्र लगेको छ।

images
images

काभ्रेपलाञ्चोक- कृषि तथा पुशपक्षी विकास मन्त्रालयअन्तर्गतको ‘प्लान्ट क्वारेन्टाइन’ तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवन ललितपुरद्वारा जिल्लाका सरोकारवाला कार्यालयसँग समन्वय गरी जिल्लास्थित विभिन्न क्षेत्रका एग्रोभेटको अनुगमन भइरहेको छ।

images
images
images

बीउबिजन, विषादी र कृषि सामग्री बिक्री गर्दै आएका एग्रोभेट पसलको अनुगमन गरिएको हो। हाल पनौती नगरपालिकामा रहेका एग्रोभेट अनुगमनका क्रममा चार वर्षदेखि इजाजतपत्र नै नवीकरण नगरी सञ्चालन गरिएको भेटिएपछि थापा लीलावती एग्रोभेटमा सिल गरिएको जनाइएको छ। पनौती-६ नमोबुद्ध रोडको उक्त एग्रोभेटले विषादी खुद्रा बिक्रेता इजाजतपत्र २०७७ माघ १६ गतेदेखि नवीकरण नगरी पसल सञ्चालन गर्दै आइरहेको थियो।

images
images

एग्रोभेट सञ्चालक प्रभुकृष्ण थापालाई एक हप्ताभित्र केन्द्रमा उपस्थित हुन भइ स्पष्टीकरणसहित नियमानुसार लाइसेन्स नवीकरण गरेपछि मात्रै पसल खोल्न दिइने भएको हो। सञ्चालक थापाले विषादी खोलेर बेचेकोसमेत पाइएको छ भने विषादीको व्यवस्थापन सही तरिकाले नगरेको भेटिएको केन्द्रका वरिष्ठ वातावरण संरक्षण अधिकृत मनोज पोखरेलले बताए।

images
images

अर्को श्री लीलावती एग्रोभेट सेन्टर भने अनुगमन टोली आएको थाहा पाएपछि बुधबारदेखि पसल बन्द गरेर सञ्चालक भागेका छन्। यस्तै पनौतीका अधिकांश एग्रोभेट सेन्टर अव्यवस्थित ढंगले सञ्चालन भइरहेको अनुगमनका क्रममा फेला परेको पोखरेलले बताए।

उनका अनुसार पनौतीको दौतरी एग्रोभेट सेन्टरले भेटेरिनरी र जीवनाशक विषादीसँगै राखेर बेचबिखन गरिरहेको, औषधि सुरक्षात्मक पहिरनको प्रयोग तथा बिक्री नगरी पसल अव्यवस्थित रहेको पाइएको हो।

पनौचीको सैँजु एग्रोभेट सेन्टरमा म्याद नाघेको विषादी फेला परेको र सुरक्षात्मक पहिरनको प्रयोग नगरी व्यवस्थापन राम्रो नदेखिएको अनुगमन टोलीले जनाएको छ। मौसम एग्रोभेट सेन्टरमा तालिमप्राप्त व्यक्ति नभेटिएकाले टोलीले सेन्टरको इजाजतपत्र र प्रमाणपत्र लगेको छ। 

अनुगमनमा जिल्लास्थित जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कृषि विकास कार्यालयको सहभागिता गराएको केन्द्रले यसअघि बनेपा र पाँचखाल नगरका एग्रोभेट सेन्टरको अनुगमन गरेको थियो।

अनुगमित एग्रोभेटमध्ये अधिकांश अव्यवस्थित रूपमा सञ्चालन गरेको पाइएकाले सचेत गराइ व्यवस्थापनका प्रक्रियाबारे जानकारीसमेत गराइने केन्द्रले जनाएको छ। टोलीले जिल्लाको मण्डन, नमोबुद्ध, दोलालघाट, नालालगायतका क्षेत्रमा अनुगमन गर्ने योजना बनाएको छ। रासस


प्रकाशित : बिहीबार , असार ६ २०८११३:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend