शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

उतारचढावमै सेयर बजार, चढ्दो बजारमा लागेको ब्रेकले पर्ख र हेरको अवस्था

images
मंगलबार, पुस १३ २०७८
images
उतारचढावमै सेयर बजार, चढ्दो बजारमा लागेको ब्रेकले पर्ख र हेरको अवस्था
images
images

काठमाडौं- चार दिन लगातार बढेर सोमबार ब्रेक लागेको सेयर बजार मंगलबार पनि झिनो अंकले घटेको छ। सोमबार ६९.७७ अंकले घटेर २५२१.६५ बिन्दुमा पुगेको बजार मंगलबार २.६६ अंकले घटेर २५१८.९९ बिन्दुमा पुगेको छ। 

images
images
images

मंगलबार ५८ लाख २८ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १२ करोड रूपैयाँको कारोबार भएको छ। मंगलबार ८८ कम्पनीको सेयर मूल्य बढ्दा ९४ कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

गएको साताको तीन दिन र यही साता आइतबारसम्म गरेर बजारमा चार दिनमा २३२.६२ अंकको सुधार भएको थियो। आइतबार ७१.२० अंकले बढेर २५९१.४२ बिन्दुमा पुगेको थियो। तर सोमबार र मंगलबारको अवस्थाले बजार पुन: उतारचढावकै अवस्थामा देखिएको छ। 

images
images

अहिले अधिकांश कम्पनीहरूले लाभांश घोषणा र बुक क्लोजको मिति धमाधम सार्वजनिक गरिरहेका छन्। कतिपय लगानीकर्ताहरू नाफा बुक गर्ने र पुनः खरिद बिक्रीमा लाग्ने हुँदा बजार घटेको विश्लेषकहरू बताउँछन्। 

chart.jpg

घट्दो बजारलाई सेयर विश्लेषकहरूले बजारमा करेक्सन आएको भनेका छन्। केही सय अंक बढेपछि केही अंक घट्नु स्वभाविक भएको उनीहरूको भनाइ छ। पछिल्लो समय लाभांश घोषणाले पनि सेयर बजारमा चमक देखिएको हो। नाफा बुक गर्न थाल्ने भएकोले अहिलेको करेक्सन देखिएको विश्लेषकहरूको भनाइ छ। बजार अब घट्ने ठाउँ नै नरहेको समेत उनीहरूले बताउँदै आएका छन्। 

अघिल्ला केही साता निरन्तर रुपमा परिसूचकमा गिरावट आउँदा नेप्से २३०० अंक तल झरेको थियो। नेपाल राष्ट्र बैंकले आयात अत्याधिक रुपमा बढेको भन्दै वस्तु आयात गर्दा बैंक ऋण प्रयोग गर्न नपाइने तथा स्थानीय तहको सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने व्यवस्था गरेसँगै गत साता मंगलबारदेखि सेयर बजार उकालो लागेको थियो।

तर यो साताको पछिल्लो दुई दिनको अवस्थाले बजारको उतारचढाव नसकिएको देखाएको छ। चढ्दो बजारमा लागेको ब्रेकले पर्ख र हेरको अवस्था आइरहेको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : मंगलबार, पुस १३ २०७८०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend