आइतबार, भदौ २३ गते २०८१    
images
images

महाभारतका किसानलाई अनुदानमा कफीको बिरुवा वितरण

images
बिहीबार , असार ६ २०८१
images
images
महाभारतका किसानलाई अनुदानमा कफीको बिरुवा वितरण

महाभारत गाउँपालिकाको अनुदानमा पालिकाको वडा नं ५ मा मात्रै पाँच हजार कफीको बिरुवा वितरण गरेको छ।

images
images

धुलिखेल-  किसानको आयआर्जनको माध्यम कफीखेती बन्न थालेपछि महाभारत गाउँपालिकाले यहाँका किसानलाई अनुदानमा कफीको बिरुवा वितरण गर्दै आएको छ। महाभारत गाउँपालिका कृषि शाखाले आर्थिक वर्ष २०८०/८१ मा पालिकाका विभिन्न वडामा गरी ९० हजार बिरुवा वितरण गरेको थियो।

images
images
images

कृषि शाखाको आयोजनामा कफी उत्पादन हुने वडामा सम्बन्धित वडा अध्यक्षको उपस्थितिमा किसानलाई बिरुवा वितरण गरेको कृषि शाखा प्रमुख खिम डाँगीले जानकारी दिए। 'महाभारत गाउँपालिकाको आर्थिक सहयोगमा पालिकाको वडा नं १, २, ५, ६, ७ र ८ मा कफीको बिरुवा वितरण भइरहेको छ ' उनले भने, 'कफी उत्पदान गर्ने किसानले सम्बन्धित वडामा सम्पर्क गरी बिरुवा लिन सक्नुहुनेछ।'

महाभारत गाउँपालिकाको अनुदानमा पालिकाको वडा नं ५ मा मात्रै पाँच हजार कफीको बिरुवा वितरण गरेको छ।

यहाँका किसानले एउटा घरबाट मात्रै कफी खेतीबाट वार्षिक पाँचदेखि दश लाखसम्मको बिक्री गर्दै आएको वडा नं ५ का सुवास जिम्बाले बताए। खेती राम्रो हुने र बजारीकरणको समस्या नहुने भएकाले पछिल्लो समयमा किसान कफी खेतीतर्फ आकर्षित भएको उनको भनाइ छ। महाभारतका किसानका लागि आम्दानीको स्रोत कफीखेती भएकाले विगतका वर्षदेखि नै बिरुवा वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए।

images

महाभारत क्षेत्रमा कफीको राम्रो उत्पादन हुने र अहिलेसम्ममा परम्परागत रुपमा मकै, कोदो लगायतका खेती गर्दै आएका यहाँका किसानको मुख्य आम्दानीको स्रोत कफीमा देखिएकाले बिरुवा वितरणलाई अभियानकै रुपमा अगाडि बढाएको उनले बताए। गत आर्थिक वर्ष २०७९/८० मा मात्रै एक लाख कफीको बिरुवा वितरण गरेको उनले बताए।

महाभारतका किसानले उत्पादन गरेको कफी जापान निर्यात हुँदै आएको छ। यहाँका किसानले कफी उत्पादनलाई जोड दिएपछि बागमती प्रदेश सरकारद्वारा एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रमदेशर पालिकाको साझेदारीमा कार्यान्वनय गर्ने गरी महाभारत गाउँपालिका-५ लाई कफी उत्पादनको लागि छनोट गरेको छ।

बागमती प्रदेशको कृषि विकास निर्देशनालयबाट समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम अन्तरगत महाभारत-५ र खानीखोला गाउँपालिका-२ लाई कफी उत्पादन वडाको रुपमा छनोट गरेको छ। रासस


प्रकाशित : बिहीबार , असार ६ २०८११३:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend