बुधबार, मंसिर १२ गते २०८१    
images
images

अवरुद्ध बेँसीसहर-चामे सडक सञ्चालनमा

images
बिहीबार , असार ६ २०८१
images
images
अवरुद्ध बेँसीसहर-चामे सडक सञ्चालनमा

यहाँ पहिरो रोकथामका लागि संघीय सरकारको १६ करोड ४८ लाख रूपैयाँ लागतमा निर्माण भइरहे पनि काम नसकिँदा पहिरो जाने क्रम जारी छ।

images
images

लमजुङ- पहिरोले गए रातिदेखि अवरुद्ध बेँसीसहर-चामे सडक पूर्ण सञ्चालनमा आएको छ। अविरल वर्षाले यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका-६ खरखरे भिरमा गएको पहिरोे हटाएसँगै सवारी सञ्चालनमा आएको हो।

images
images
images

डुम्रे-बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इन्जिनियर किरण पोखरेलले ‘एक्साभेक्टर’को सहायताले ठूला-ठूला ढुंगासहितको पहिरो हटाएसँगै सवारी सञ्चालनमा आएको बताए।

images

यहाँ पहिरो रोकथामका लागि संघीय सरकारको १६ करोड ४८ लाख रूपैयाँ लागतमा निर्माण भइरहे पनि काम नसकिँदा पहिरो जाने क्रम जारी रहेको उनले बताए।

images

६५ किलोमिटर रहेको यस सडकमा  साना-ठूला सवारीसाधन सञ्चान हुँदै आएको छ।

मनाङवासी यस सडकखण्ड हुँदै बेँसीसहर, काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा जाने र सो स्थानबाट आउने गर्दछन्। रासस


प्रकाशित : बिहीबार , असार ६ २०८११२:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend