मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

झापाको पुँजीगत खर्च ११ महिनामा ६६ प्रतिशत

images
बिहीबार , असार ६ २०८१
images
images
झापाको पुँजीगत खर्च ११ महिनामा ६६ प्रतिशत

कोष तथा लेखा नियन्त्रक कार्यालयले जिल्लास्थित सबै सरकारी कार्यालय र स्थानीय तहलाई चालुतर्फको भुक्तानी यही असार २० गतेभित्र तथा पुँजीगततर्फको खर्चको भुक्तानी असार २४ गते राति १२ बजेभित्र गरिसक्न सूचना गरेको छ।

images
images

भद्रपुर- चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा झापाको पुँजीगततर्फ ६५ दशमलव ८५ प्रतिशत खर्च भएको छ।

images
images

कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका अनुसार पुँजीगततर्फको विनियोजित पाँच अर्ब २२ करोड ९३ लाख ८१ हजार पाँच सय १७ रूपैयाँमध्ये तीन अर्ब ४४ करोड ३७ लाख चार सय ८१ रूपैयाँ खर्च भएको हो।

images
images

चालु आव सकिन एक महिना बाँकी रहँदा चालुतर्फ विनियोजित १५ अर्ब ३३ करोड ५४ लाख ६० हजार आठ सय ९३ रूपैयाँको ८५ दशमलव ०४ प्रतिशत रकम खर्च भएको प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार चालुतर्फ १३ अर्ब चार करोड ११ लाख २९ हजार ४८ रूपैयाँ खर्च भएको छ।

images
images
images

जिल्लाका स्थानीय तहलाई संघ तथा प्रदेश सरकारबाट प्राप्त कुल सात अर्ब ५५ करोड ७० लाख ५२ हजार रूपैयाँ अनुदानमध्ये पाँच अर्ब तीन करोड ५५ लाख ६५ हजार तीन सय ९४ रूपैयाँ बजेट खर्च भएको कोष नियन्त्रक भण्डारीले बताए।

उनका अनुसार स्थानीय तहलाई प्राप्त समानीकरण अनुदानको ५८ दशमलव ८१ प्रतिशत, चालुतर्फको सशर्त अनुदानको ७४, पुँजीगततर्फको सशर्त अनुदानको ५४ दशमलव २२, विशेष अनुदानमा ५१ दशमलव ६३ र समपूरक अनुदानको ७७ प्रतिशत रकम खर्च भएको छ।

स्थानीय तहमा विभिन्न शीर्षकमा आउने अनुदानको रकम अर्थ मन्त्रालयबाट फुकुवा हुन अझै बाँकी रहेको भण्डारीको भनाइ छ। 'आर्थिक वर्षको अन्तिम महिना भएकाले अर्थ मन्त्रालयबाट फुकुवाको पत्र आउनासाथ हामी स्थानीय तहमा रकम पठाउँछौँ', उनले भने।

कोष तथा लेखा नियन्त्रक कार्यालयले जिल्लास्थित सबै सरकारी कार्यालय र स्थानीय तहलाई चालुतर्फको भुक्तानी यही असार २० गतेभित्र तथा पुँजीगततर्फको खर्चको भुक्तानी असार २४ गते राति १२ बजेभित्र गरिसक्न सूचना गरेको छ। रासस


प्रकाशित : बिहीबार , असार ६ २०८११२:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend