मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

बाँकेको केही स्थानीय तहमा विद्युत् आपूर्ति बन्द

images
बिहीबार , असार ६ २०८१
images
images
बाँकेको केही स्थानीय तहमा विद्युत् आपूर्ति बन्द

कोहलपुरमा नौ, डुडुवामा नौ, खजुरामा आठ र राप्तीसोनारीमा पाँच गरी ३१ विद्युतीय पोल ढलेका छन्।

images
images

नेपालगञ्ज- बाँकेमा गए राति आएको हुरीबतासले विद्युतको पोलमा क्षति पुर्‍याउँदा केही स्थानीय तहमा विद्युत् आपूर्ति बन्द भएको छ। जिल्लाको डुडुवा, राप्तीसोनारी, नरैनापुरलगायतका स्थानमा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण शाखाका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिए।

images
images

उनले राप्तीसोनारीको जंगलमा रुख ढलेको र त्यसलाई हटाउन केही समय लाग्ने भएकाले विद्युत् आपूर्ति सहज गराउन समय लाग्ने बताए। प्रमुख लामिछानेका अनुसार कोहलपुरमा नौ, डुडुवामा नौ, खजुरामा आठ र राप्तीसोनारीमा पाँच गरी ३१ विद्युतीय पोल ढलेको अवस्थामा छन्।

images
images

'अझै कहाँ-कहाँ कति ढलेका छन्, विस्तृत विवरण आएको छैन', उनले भने। कोहलपुरको पिप्रहवामा ढलेको रुख व्यवस्थापन गरेर नेपालगञ्ज बजारमा विद्युत् आपूर्ति गरिने जानकारी दिँदै काम भइरहेकाले धैर्य गर्न स्थानीयलाई आग्रह गरे।

images
images
images

पर्खाल भत्केर एकको मृत्यु 

बाँकेको कोहलपुर-१४ स्थित हवल्दारपुरमा हुरीबतासका कारण पर्खाल भत्केर एकजनाको मृत्यु भएको छ। कोहलपुर-१४  वीरगञ्जका मीना खातुनको मृत्यु भएको बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । खातुनले स्थानीय राम्रो इन्टरप्राइजेजलगायतमा काम गर्ने गरेको प्रहरीको भनाइ छ।

त्यस्तै हुरीबतासका कारण जिल्लाको डुडुवा गाउँपालिका वडा नं १ खडैचामा आगलागी हुँदा ३४ खरले छाएका घर जलेका छन्। घरमा रहेका अन्नपातसमेत जलेको प्रहरीले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , असार ६ २०८११२:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend