मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

संसद् सचिवालयका कर्मचारीका मागबारे अर्थमन्त्रीसँग छलफल

images
बिहीबार , असार ६ २०८१
images
संसद् सचिवालयका कर्मचारीका मागबारे अर्थमन्त्रीसँग छलफल

बुधबारको प्रतिनिधिसभाको बैठकमा आन्दोलनरत कर्मचारीले प्रत्यक्ष प्रसारणमा असहयोग गरेका थिए।

images
images

काठमाडौं- अतिरिक्त समयमा काम गरेबापतको सुविधा पाउनुपर्ने मुख्य माग राखेर आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारीका विषयमा आज प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबीच आज छलफल भएको छ।

images
images
images

कर्मचारीले राखेका मागका विषयमा सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीसँग छलफल गरिसकेका छन्।

images
images

संसद्का बैठकमा महत्त्वपूर्ण छलफल भइरहेका समय कर्मचारीले गरेको असहयोगलाई सभामुख घिमिरेले गम्भीरताका साथ लिएको उनको सचिवालयले जनाएको छ।

images
images

बुधबारको प्रतिनिधिसभाको बैठकमा आन्दोलनरत कर्मचारीले प्रत्यक्ष प्रसारणमा असहयोग गरेका थिए। रासस


प्रकाशित : बिहीबार , असार ६ २०८१११:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend