मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

ब्लुबुक कीर्ते गर्ने गिरोह राजधानीमा सक्रिय, अपरिचितलाई आफ्नो सवारीसाधन र ब्लुबुक नदिन प्रहरीले गरायो सचेत

images
बिहीबार , असार ६ २०८१
images
images
ब्लुबुक कीर्ते गर्ने गिरोह राजधानीमा सक्रिय, अपरिचितलाई आफ्नो सवारीसाधन र ब्लुबुक नदिन प्रहरीले गरायो सचेत
फाइल तस्बिर

वास्तविक सवारीधनीको ब्लुबुकमा आफूखुशी विवरण भरेर जाली काम गर्ने गिरोहलाई नियन्त्रणमा लिएको जनाउँदै त्यसतर्फ सचेत हुन प्रहरीले अनुरोध गरेको हो।

images
images

काठमाडौं- नेपाल प्रहरीले राजधानी काठमाडौंमा सवारीधनी दर्ता किताब (ब्लुबुक)मा कीर्ते गर्ने केही व्यक्तिहरुको समूह सक्रिय रहेको जनाउँदै अपरिचितलाई ब्लुबुक नदिन आग्रह गरेको छ।

images
images

वास्तविक सवारीधनीको ब्लुबुकमा आफूखुशी विवरण भरेर जाली काम गर्ने गिरोहलाई नियन्त्रणमा लिएको जनाउँदै त्यसतर्फ सचेत हुन प्रहरीले अनुरोध गरेको हो।

images
images

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार एक सूचना जारी गरी आफ्नो सवारी साधन र सवारी दर्ता किताब अर्कोलाई जिम्मा दिँदा सचेत रहन अनुरोध गरेको हो।

images
images
images

हालै ब्लुबुक कीर्ते गरेर गाडी बेचेको अभियोगमा चारजनालाई पक्राउ गरेर कारबाही थालिएको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले त्यसतर्फ सम्बन्धित सवारीधनी नै सचेत हुनुपर्ने बताए।

अभियुक्तहरूले सवारीधनी एभरेष्ट बैंक र ऋणी गजेन्द्र लोहनी विश्वकर्मा भएको बा२०च ६४६७ नम्बरको गाडीको सवारी दर्ता किताबमा कीर्ते गरी उक्त गाडी खरिदबिक्री गरेका उनले बताए।

यही असार ३ गते बैतडीका ३८ वर्षीय वीरेन्द्रसिंह साउदलाई चाबहिलबाट दुई थान कीर्ते सवारी दर्ता किताबसहित पक्राउ गरिएको थियो। रासस 


प्रकाशित : बिहीबार , असार ६ २०८१११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend