मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

गण्डकी प्रदेशमा ६ वर्षमा ६३ झोलुङ्‍गे पुल निर्माण, १० वटा निर्माणाधीन

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार ६ २०८१
images
गण्डकी प्रदेशमा ६ वर्षमा ६३ झोलुङ्‍गे पुल निर्माण, १० वटा निर्माणाधीन

पोखरा महानगरपालिका-२५ हेम्जाका ६४ वर्षीय ऋषिराम पौडेलले आफूहरुका लागि याम्दी खोलामा हालै बनेको झोलुङ्‍गे पुल वरदान सावित भएको बताए।

images
images

गण्डकी- गण्डकी प्रदेश सरकारको लगानीमा बितेका ६ वर्षमा ६३ झोलुङ्‍गे पुल निर्माण भएका छन् भने १० वटा झोलुङ्‍गे पुल निर्माणाधीन छन्। 

images
images
images

प्रदेश पूर्वाधार निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा थप चार झोलुङ्‍गे पुलको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चित गरिएको छ। प्रदेशका ११ वटै जिल्लामा गरी थप ५१ झोलुङ्‍गे पुल निर्माण सुरु हुने चरणमा छन्। 

images
images

प्रदेश सरकारको आगामी आव २०८१/०८२ को बजेटमा हिमाली र पहाडी क्षेत्रका पर्यटकीय पदमार्गबाट नजिक रहेका बस्तीसँग सहज पहुँच पुर्‍याउन नदी तथा खोलामा झोलुङ्‍गे पुल बनाउन विशेष जोड दिइने उल्लेख छ।

images
images

'स्थानीवासीको माग र आवश्यकता पहिचान गरेर झोलुङ्‍गे पुल निर्माण गर्ने गरिएको छ, झोलुङ्‍गे पुलले कृषिउपजलाई बजार ल्याउन पनि सहज भएको छ, गाउँका किसानको दैनिकी पनि फेरिएको छ', निर्देशनालयका निमित्त निर्देशक महेन्द्र बानियाँले भने। 

पोखरा महानगरपालिका-२५ हेम्जाका ६४ वर्षीय ऋषिराम पौडेलले आफूहरुका लागि याम्दी खोलामा हालै बनेको झोलुङ्‍गे पुल वरदान सावित भएको बताए।

याम्दीपारिको टिमिरेचौरमा बाँझो पल्टिएको सयौँ रोपनी जग्गामा झोलुङ्ले पुल बनेपछि किसानले खेतीबाली लगाउन सुरु गरेको उनले सुनाए। 

'हाम्रा बाउबाजेको मुख्य कृषि उब्जनी गर्ने ठाउँ नै टिमिरेचौर थियो, त्यहीँ घरगोठ थिए, गाईबस्तुपालन हुन्थ्यो', उनले भने, 'पछि सबै हेम्जातिर सरेपछि त्यहाँको जग्गा बाँझै थियो, पुल बनेपछि अहिले फेरि हराभरा भएको छ।'

प्रदेश सरकारले यसै वर्ष त्यहाँ झोलुङ्‍गे पुल निर्माण गरेपछि विशेष गरी किसानलाई प्रत्यक्ष लाभ पुगेको छ। उनले पुल बनाउन जग्गादान गरेका थिए। 

खेतमा आवातजावतको समस्या, बढ्दो लागत, कृषि गर्ने जनशक्ति अभावजस्ता कारणले पछाडि परेको टिमिरेचौरमा अहिले चहलपहल देखिन्छ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार निर्देशनालयमार्फत ९१ लाखको लगानीमा उक्त पुल बनेको हो। तल्लो टिमिरचौरमा पनि झोलुङ्‍गे पुल बनिसकेको छ। चिसाखोलामा प्रदेश सरकारका लगानीमा अर्को पुल निर्माणको तयारी थालिएको छ। रासस


प्रकाशित : बिहीबार , असार ६ २०८११०:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend