आइतबार, भदौ २३ गते २०८१    
images
images

चौधरी समूहले सिमरा सेजभित्र वाइवाइको नयाँ प्लान्ट खोल्ने

images
बिहीबार , असार ६ २०८१
images
images
चौधरी समूहले सिमरा सेजभित्र वाइवाइको नयाँ प्लान्ट खोल्ने

जसमा वार्षिक एक हजार मेट्रिकटन चाउचाउ उत्पादन गर्ने लक्ष्य सीजी फुड्सले राखेको छ।

images
images

काठमाडौं- चौधरी ग्रुपअन्तर्गतको सीजी फुड्सले सिमरा विशेष आर्थिक क्षेत्र (सेज) मा वाइवाइ चाउचाउको नयाँ प्लान्ट खोल्ने भएको छ। चौधरी समूहलेले सिमरा सेजभित्र ६ वटा प्लट माग्दै सेजको कार्यालय त्रिपुरेश्वरमा प्रस्ताव पठाएको छ। वाइवाइले नयाँ प्लान्ट उद्योग खोल्ने प्रस्ताव पठाएको हो।

images
images
images

सेजका निमित्त कार्यकारी निर्देशक तुलसिराम मरासिनीका अनुसार वाइवाइले सिमरा सेजभित्र ठूलो नयाँ प्लान्ट खोल्नेगरी प्रस्ताव पठाएको जानकारी दिए। ‘प्रस्ताव पास भइसकेर अब बाँकी अनुमतिको प्रक्रिया सुरु भएको छ,’  मरासिनीले भने।

सिमरामा सेज स्थापना भएको ६ वर्ष बितिसक्दा पनि कुनै पनि ठूलो उद्योगले चासो नदिइरहेको बेला चौधरी समूहको प्रस्तावले सेज उत्साही देखिएको हो।

२०७४ चैत १८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सिमरा सेज शिलान्यास गरेका थिए। तर उद्योगहरूले चासो नदिँदा ठूलो उद्योग अहिलेसम्म सेजभित्र जान सकेका थिएनन्। 

images

जसमा वार्षिक एक हजार मेट्रिकटन चाउचाउ उत्पादन गर्ने लक्ष्य सीजी फुड्सले राखेको छ। ब्रोकन चाउचाउ भने १ हजार ५ सय मेट्रिक टन उत्पादन गर्ने लक्ष्य चौधरी समूहको छ। कुल २२ करोड रुपैयाँ लगानी तत्काल गर्ने प्रस्तावसमेत चौधरी समूहअन्तर्गतको सीजी फुड्सले गरेको छ।

संसारका धेरै देशमा वाइवाइ उत्पादन गर्दै आएको चौधरी समूहले भारतका ७ राज्यसहित बंगलादेश, युरोपको सर्बिया र काजकिस्तान, इजिप्ट र इटालीमा पनि वाइवाइको प्लान्ट रहेको छ। चौधरी समूहले विस २०४१ मा नेपालमा पहिलो ब्राउन नुडल्स फ्याक्ट्री ललितपुरको भैँसेपाटीमा स्थापना गरेको थियो। 

चौधरी समूहका अनुसार दुई दर्जनभन्दा बढी स्वादमा दैनिक १५ लाख प्याकेटभन्दा बढी चाउचाउ उत्पादन गर्दै आएको छ। हाल नवलपरासीमा ४ वटा, बर्दियामा एउटा, सुनसरीमा २ वटा र ललितपुरको भैँसेपाटीमा एउटा लाइनसहित नेपालका ४ स्थानमा ९ वटा फयाक्ट्रीमार्फत सीजी फुड्सले वाइवाइ उत्पादन गर्दै आएको छ।

उद्योगलाई आकर्षित गर्न विभिन्न सुविधा दिइएको छ। भाडादरकै कुरा गर्दा उद्योग स्थापना भएको पहिलो वर्ष प्रतिवर्गमिटर/प्रतिमहिना १० रुपैयाँ तिरे पुग्छ। दोस्रो वर्ष प्रतिमहिना प्रतिवर्गमिटर १२ रुपैयाँ, तेस्रो वर्ष १५ रुपैयाँ तिरे पुग्छ। चौथो वर्षदेखि ३० वर्षसम्म प्रतिमहिना २० रुपैयाँ तिरे पुग्ने व्यवस्था रहेको छ।

सिमरा सेजभित्र रहेको ८ सय ३३ बिघामध्ये बाँकी ६ सय ७० बिघामा पीपीपी मोडलमा उद्योग स्थापना हुनेगरी प्रस्तावमा रहेको छ।

सेजका अनुसार ब्लक ‘ए’ अन्तर्गत नै १ सय ८३ बिघा जग्गा खाली छ। ब्लक ‘बी’ अन्तर्गत १ सय २८ बिघा, ब्लक ‘सी’ अन्तर्गत ५० बिघा, ब्लक ‘डी’ अन्तर्गत १७८ बिघा, ब्लक ‘ई’ अन्तर्गत १३३ बिघा जग्गा छ।


प्रकाशित : बिहीबार , असार ६ २०८१०६:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend