शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

इटहरीमा हचुवाको भरमा खोला खन्दा कटानको त्रास, ७ घर विस्थापित

images
बुधबार, असार ५ २०८१
images
images
इटहरीमा हचुवाको भरमा खोला खन्दा कटानको त्रास, ७ घर विस्थापित

खोलाकै डिलमा रहेका व्यापारिक भवनहरू भत्किने सम्भावना बढ्दै गएको छ भने ५ वटा पुल भासिएका छन्।

images
images

इटहरी- मुख्य बजार क्षेत्र भएर बग्ने टेङ्ग्रा खोलाले कटान सुरु गरेको छ। इटहरी उपमहानगरपालिकाले सरसफाइ अभियान चलाएर खोलाको सतह गहिरो बनाएपछि कटानको त्रास बढेको हो। 

images
images
images

मंगलबार राति आएको सामान्य वर्षाका कारण इटहरी-१३ का ७ घर विस्थापित भएका छन्। खोलाको भाग खनेर गहिरो बनाएपछि कटान सुरु भएको स्थानीयले बताएका छन्।

यसअघि अत्यधिक बाढी आउँदा खोला बस्तीमा पस्ने गरे पनि केही समयमै सुक्ने गरेको स्थानीय भुवनाथ प्याकुरेलको भनाइ छ। उनका अनुसार उपमहानगरले जथाभाबी डोजर चलाउँदा समस्या देखिएको हो। 

images

इटहरी-१३ की देवीकुमारी कार्कीको घर संरक्षणको लागि लगाएको प्रोटेक्सन वाल भत्किएको छ। वाल भत्किएर घर भासिएपछि उनको परिवार विस्थापित भएको छ। छिमेकीको घरमा डेरा लिएर बस्न उनले सामान निकालिसकेकी छन्।

images

रञ्जु सरदारको घर पनि खोलाले कटान गर्न सुरु गरिसकेको छ। गंगा गौतमको घरको आधा भाग खोलाले कटान गरिसकेको छ। दुवै परिवार अहिले विस्थापित भएका छन्। तुलसा काफ्लेले सामान निकाल्न नपाइ घर भत्किएपछि हाल उषा सुवेदीको घरमा डेरा बस्न पुगेकी छिन्। सामान्य वर्षाकै कारण टेङ्ग्रा खोलाले वितण्डा मच्चाएको छ।

ithari - tyangra khola - katan - bisthapit.jpg

इटहरी वडा नम्बर १२ र १३ मा पर्ने खनार बजारका उद्योगी व्यापारीहरू समेत त्रसित देखिएका छन्। खोलाकै डिलमा रहेका व्यापारिक भवनहरू भत्किने सम्भावना बढ्दै गएको छ भने ५ वटा पुल भासिएका छन्।

स्थानीय काठ मिल व्यवसायी सादिर हुसैन नगर प्रहरी र कर्मचारीले बलजफती खोला गहिरो बनाउन लगाउँदा यो समस्या आएको बताउँछन्। प्राविधिक सर्वेक्षणबिना हचुवाको भरमा खोला खनेर उपमहानगरपालिकाले विपत्ति निम्त्याएको उनको भनाइ छ।

लेण्ड एण्ड वाटर रिसोर्स इन्जिनियर मोहन कार्कीका अनुसार जथाभावी जमिनको सतह खन्दा पानीको बहावले कमजोर जमिनलाई बगाउने गर्छ। टेङ्ग्रा खोलाको हकमा बलौटे माटो बढी भएको र विगतको भन्दा सतह गहिरो भएपछि कटान भएको हुनसक्ने उनले बताए।

खोला सफाइ गरेपछि माटो कमजोर बनेको र सोही ठाउँमा कटान हुने गरेको उनको भनाइ छ। खोलाको क्षेत्र खन्नुपूर्व नै त्यसको विस्तृत अध्ययन गर्नुपर्ने उनको सुझाव छ।

ithari - tyangra khola - katan.jpg

बस्तीमा कटान बढ्दै गएपछि १३ नम्बर वडा कार्यालय घेराउ गरेका स्थानीयले उपमहानगरपालिका कार्यालयमा समेत विरोध जनाएका छन्।

उपमहानगरपालिकाले सुनसरी जिल्ला विपत् व्यवस्थापनको टोलीसँग छलफल गरेर तत्कालीन र दीर्घकालीन समाधानको विषयमा छलफल गरिरहेको छ।


प्रकाशित : बुधबार, असार ५ २०८११७:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend