मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

घुँगी बेचेर जीविकोपार्जन

images
बुधबार, असार ५ २०८१
images
घुँगी बेचेर जीविकोपार्जन
images
images

धरान- सुनसरीको बराहक्षेत्र नगरपालिका-५ मा घुँगीको व्यापार गर्दै गर्दा भेटिएका रिता मुखिया घुँगीको व्यापारबाट राम्रै आम्दानी गरिरहेकी छन्।

images
images
images

उनले सुनसरीको झुम्का, बराहक्षेत्र, कालाबन्जर लगायतका हतियामा घुँगीको व्यापार गर्दै आएकी छिन्। मुखियाले आफैले खोलाबाट घुँगी खोजेर ल्याइ हतिया बजारमा व्यापार गर्दै आएको बताइन्। मेहनत अनुसारको राम्रै आम्दानीसँगै सहज पनि भएको उनको भनाइ छ।

images
images

उनले विगत एक वर्षदेखि हटिया बजारमा घुँगीको व्यापार गर्दै आएकी छिन्। उनका लागि भने अहिले सुनसरीका झुम्का, कालाबन्जरका हटियाबजार भने घुँगीको व्यापार गर्ने थलो नै बनेका छन्। उनले घुँगी जतात्यतै नपाउने भएकाले खोलाबाट खोजेर घरमा ल्याएपछि परिवारसहित मिलेर घुँगीलाई पखालेर सफा बनाएपछि स्थानीय हाटबजारमा बिक्री गर्ने गरेको बताइन्।

images
images

घुँगीको व्यापारबाट उनले मासिक २५ देखि ३० हजार रूपैयाँसम्म आम्दानी हुँदै आएको जानकारी दिइन्। आफूले खोलाबाट खोजेर ल्याइ बिक्री गर्दै आएको घुँगी किन्न भने बराह क्षेत्र नगरपालिकालगायत झुम्का कालाबन्जरका ठाउँबाट किन्न आउने ग्राहकको घुइँचो नै लाग्ने गरेको उनी सुनाउँछिन्।

उनले घुँगी प्रतिकिलो एक सय रूपैयाँमा बिक्री गर्दै आएकी छिन्। उनले दैनिकरुपमा १२ देखि १५ किलोसम्म बिक्री गर्दै आएकी छिन्। उनले यहीँबाट परिवारका लागि खर्चसमेत जुटाउँदै आएको बताइन्। उनले भनिन्, 'घुँगीमा भिटामिन पाइने हुनाले रुघा र चिसो लागेको बेला यसलाई सफा पानीले धोएर पकाएर रस पिउँदा स्वादिलो हुनका साथ रुघा र चिसो पनि ठिक हुने भएकाले धेरैजसो मानिसले घुँगी खाने गरेका छन्।'

गर्मी महिनाभन्दा जाडोमा घुँगीको व्यापार राम्रो हुने गरेको मुखियाले बताइन्। जाडो महिनामा घुँगी बाहिर निस्किने भएकाले पुसको सुरुवातदेखि माघ-फागुनसम्म राम्रो व्यापार हुने गरेको उनको बुझाइ छ। रासस


प्रकाशित : बुधबार, असार ५ २०८११७:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend