शनिबार, असोज ५ गते २०८१    
images
images

मनसुनजन्य क्षति न्यूनीकरणका लागि समन्वय र सहकार्य गरी काम गर्न मातहतका निकायलाई मन्त्री शर्माको निर्देशन

images
बुधबार, असार ५ २०८१
images
images
मनसुनजन्य क्षति न्यूनीकरणका लागि समन्वय र सहकार्य गरी काम गर्न मातहतका निकायलाई मन्त्री शर्माको निर्देशन

'मनसुनको पूर्वसूचना दिने, विपद्का  घटनाको तत्काल सही सूचना प्रवाह गरी राहत र उद्धार कार्यमा सबैको सहयोग र समन्वय हुन आवश्यक छ', सञ्चारमन्त्री रेखा शर्माले भनिन्।

images
images

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी मनसुनजन्य घटना बाढीपहिरो, डुबान र चट्याङबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न मातहतका निकायलाई सम्पर्क, समन्वय र सहकार्य गरी कार्य गर्न निर्देशन दिएकी छिन्।

images
images
images

मनसुनजन्य घटनाबाट हुनसक्ने जनधनको क्षतिबाट जोगिन र समयमै जनचेतना प्रदान गर्न मातहतका निकायबाट भइरहेका आवश्यक पूर्वतयारीबारे जानकारी लिँदै उनले विपद्का समयमा तत्काल सम्पर्क गर्ने र सूचना प्रवाह गर्ने कार्यलाई प्रभावकारी तुल्याउन सुझाव दिइन्।

मन्त्री शर्माले भनिन्, 'मनसुनको पूर्वसूचना दिने, विपद्का  घटनाको तत्काल सही सूचना प्रवाह गरी राहत र उद्धार कार्यमा सबैको सहयोग र समन्वय हुन आवश्यक छ।'

कल्पना नै नगरेको ठाउँमा बाढीपहिरो र डुवानका घटना भएका प्रशस्त उदाहरण रहेकाले राहत र उद्धारका लागि गर्नुपर्ने पूर्व तयारीको पाटोलाई विशेष ध्यान दिन सुझाव दिँदै मन्त्री शर्माले बर्सातका कारण अवरुद्ध हुनसक्ने सञ्चार सम्पर्कलाई नियमित तुल्याउनेतर्फ प्रभावकारी तयारी व्यवस्थापनको खाँचो औँल्याइन्।

images

विपद्जन्य घटनाकारण इन्टरनेट सेवा प्रवाह र दूरसञ्चार सेवामा प्रवाहमा पर्न क्षतिको आकलन गरी तत्काल सुचारु तुल्याउने समयन्त्र निर्माण गर्न सुझाव दिँदै उनले पूर्व सूचना संकलन र विपद्‌बाट बच्न अपनाउनुपर्ने सचेतना समयमै प्रवाह गर्न सुझाव दिइन्।

यसअघि मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले मन्त्रालय र मातहतका निकायले आगामी मनसुनजन्य घटनाका सम्बन्धमा आ-आफना मन्त्रालयबाट भएका तयारी र आगामी दिनको रणनीतिबारे जानकारी लिन  कार्यक्रम आयोजना गरिएको बताए।

सो अवसरमा  विज्ञापन बोर्ड अध्यक्ष लक्ष्मण हुमागाईँ, नेपाल टेलिभिजनका अध्यक्ष समीरजङग शाह, रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, नेपाल टेलिकमका उपमहाप्रबन्धक संगीता पहाडी अर्यालले आ-आफ्ना संस्थाबाट मनसुनजन्य घटनामा हुने जनधनको क्षति न्यूनीकरण र सेवा प्रवाहको निरन्तरताका लागि चाल्नुपर्ने कदम र कार्यक्रमबारे जानकारी गराए।

त्यस अवसरमा विश्व खाद्य कार्यक्रम नेपालका प्रतिनिधि रतिन्द्र क्षत्रीले बाढीपहिरोका घटनाबाट मनसुनका बेला विद्युत् र सोलारकाकारण सञ्चार अवरुद्ध भइ सूचना लिन हुनसक्ने चुनौतीको सामाना गर्न जेनेटरलगायतका आवश्यक वस्तुको पर्याप्त मौजुदाको व्यवस्था गरिएको बताए।

त्यस अवसरमा विपद्पछिका घटनामा मानवीय उद्धार र सेवा सुचारु पाटोमा विशेष ध्यान पुर्‍याउन आवश्यक रहेको बताउँदै अन्य सहभागी वक्ताले यस वर्षको मनसुनमा अघिल्ला वर्षको तुलनामा भारी वर्षाको सम्भावना आकलन गरिएकाले सोही अनुरुपको तयारी व्यवस्थापनको खाँचो औँल्याए। रासस


प्रकाशित : बुधबार, असार ५ २०८११७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend