बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

महिलाको नाममा जग्गा नामसारी गर्दा एक वर्षमै ४ अर्ब छुट 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २५ २०७८
महिलाको नाममा  जग्गा नामसारी गर्दा एक वर्षमै ४ अर्ब छुट 

एकल महिलाका लागि ३५ प्रतिशत  र अरु महिलाका लागि २५ प्रतिशत छुट पाउने विभागका प्रवक्ता गुरुदत्त सुवेदीले जानकारी दिए। 

काठमाडौं- महिलाका नाममा जग्गा दर्ता गर्दा सरकारले छुट दिने गरेको छ। पुरुषको नाममा हुने दर्ता शुल्कको तुलनामा महिलालाई २५ देखि ३५ प्रतिशतसम्म छुट हुने गरेको छ। 

सरकारले सम्पत्तिमाथि महिलाको स्वामित्व बढाउन भन्दै यो छुट प्याकेज दिँदै आएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागकाअनुसार गएको वर्षमात्रै महिलाको नाममा जग्गा दर्ता हुँदा ४ अर्ब १३ करोड ७८ लाख छुट पाएका छन्। 

एकल महिलाका लागि ३५ प्रतिशत  र अरु महिलाका लागि २५ प्रतिशत छुट पाउने विभागका प्रवक्ता गुरुदत्त सुवेदीले जानकारी दिए। 

सातै प्रदेशका आर्थिक कानूनले जग्गाको स्वामित्व महिलाको नाममा हस्तान्तरण भएमा विभिन्न शुल्कमा छुट दिँदै आएका छन्। देशभरका १२६ भूमि राजस्व कार्यालयको तथ्याङ्कबाट यसरी छुट प्रदान गरिएको विभागले उल्लेख गरेको छ। 

कुन वर्ष कति छुट पाए? 


प्रकाशित : शुक्रबार, भदौ २५ २०७८०४:४२
  • सम्बन्धित विषय:

  • # जग्गा
  • # घरजग्गा
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend