मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

बाढीपहिरोबाट जनधनको क्षति भएकोप्रति सांसदले गराए सरकारको ध्यानाकर्षण

images
बुधबार, असार ५ २०८१
images
बाढीपहिरोबाट जनधनको क्षति भएकोप्रति सांसदले गराए सरकारको ध्यानाकर्षण

सांसद महेश बस्नेतले इलामका चियाखेती गर्ने किसानले समयमै मल पाउन नसकेका कारण करोडौँ रुपैयाँको क्षति ब्यहोर्नु परेको बताए।

images
images

काठमाडौं- प्रतिनिधिसभामा सांसदहरुले बाढीपहिरोबाट देशभर जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद भीमप्रसाद आचार्यले पछिल्लो समयमा देशका विभिन्न ठाउँमा भएको बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

images
images
images

उनले विगतमा खडेरीका कारण देशभरका किसान आहत भएका उल्लेख गर्दै केही दिनदेखि बाढीपहिरोका कारण नागरिकले दुःख पाएको भन्दै पीडितलाई राहतको व्यवस्था गर्न सरकारसँग माग गरे।

images
images

सांसद मनबहादुर गुरुङले २०५४ सालमा मन्त्रिपरिषद्ले कास्कीमा रहेका तालहरुको संरक्षण गर्ने भने पनि सरकारले संरक्षणको कुनै योजना ल्याउन नसकेको बताए। सरकारले सिंगो कास्कीलाई नै उपेक्षा गर्नेगरी बजेट ल्याएको उनको गुनासो छ।

images
images

सांसद मनिष झाले जनकपुरमा गुठीको जग्गा हिनामिना गर्नेमाथि कारबाही गर्न माग गरे। सांसद महेश बस्नेतले इलामका चियाखेती गर्ने किसानले समयमै मल पाउन नसकेका कारण करोडौँ रुपैयाँको क्षति ब्यहोर्नु परेको बताए। उनले इलामका चिया किसानलाई तत्काल मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए।

सांसद माधव सापकोटाले किसानले दूधको भुक्तानी बाँकी रहेको समस्या दिगो समाधान गर्न सरकारसँग माग गरे। उनले सिन्धुपाल्चोकका सहकारीको तीन करोड रूपैयाँसम्मको बक्यौता रहेको पाइएको उल्लेख गरे।

सांसद मेनकाकुमारी पोख्रेलले सेना र प्रहरीका जवानलाई मनोविमर्शसम्बन्धी तालिम दिनुपर्नेमा जोड दिइन्। विद्यालयस्तरको पाठ्यक्रममा मनोपरामर्शसम्बन्धी विषय समावेश गर्नुपर्ने उनको भनाइ थियो।

सांसद मैना कार्कीले लाभग्राहीको घरघर र टोलटोलमा गएर राष्ट्रिय परिचयपत्र वितरण गर्न माग गरिन्। सांसद रणकुमारी बलमपाकी मगरले सिन्धुलीस्थित बीपीमार्गका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग माग गरिन्।

सांसद मंगलप्रसाद गुप्ताले रोजगारीमूलक व्यावहारिक शिक्षामा जोड दिँदै नेपाललाई सूचना प्रविधिको केन्द्र बनाउन सरकारको ध्यानाकर्षण गराए। सांसद रघुजी पन्तले भारतसँग जोडिएका खुला सिमानालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए।

सांसद रञ्जुकुमारी झाले बाढीपहिरोको रोकथामका लागि सरकारले पूर्व तयारी गर्नुपर्ने बताइन्। उनले गर्मी र वर्षाका कारणले देशभर डेङ्गु फैलिएको भन्दै त्यसको नियन्त्रणका लागि पहल गर्न सरकारसँग माग गरिन्।

सांसदहरु  रमा कोइराला पौड्याल, रणेन्द्र बराली, राजेन्द्रकुमार केसी, राजेन्द्र बजगाई, रामकुमार राई, रामकृष्ण यादव, रामनाथ अधिकारी, रामहरि खतिवडा, रेखा यादव, रोशन कार्की, लालप्रसाद साँवालिम्बू, लीलानाथ श्रेष्ठ, लेखनाथ दाहाल, बिजुला रायमाझी, लक्ष्मी तिवारी, रुपाशशी चौधरी, रुक्मिणि राना बराइलीलगायतले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। रासस


प्रकाशित : बुधबार, असार ५ २०८११५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend