मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

किसानलाई दूधको भुक्तानी गर्न सांसदको माग, पुल र अवरुद्ध विमानस्थलबारे पनि गराए ध्यानाकर्षण

images
बुधबार, असार ५ २०८१
images
images
किसानलाई दूधको भुक्तानी गर्न सांसदको माग, पुल र अवरुद्ध विमानस्थलबारे पनि गराए ध्यानाकर्षण

नेकपा एसका सांसद मेटमणी चौधरीले कानूनसम्मत दर्ता भएका क्रसर र खानी उद्योगको नवीकरण गर्नुपर्ने बताए।

images
images

काठमाडौं- प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले किसानलाई दूधको भुक्तानी तत्काल दिन माग गरेका छन्। किसानका समस्या सरकारले तत्काल वार्तामार्फत सम्बोधन गर्नुपर्ने उनले उल्लेख गरे।

images
images

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले किसानले दूधको भुक्तानीको माग गर्दै आन्दोलन गरेको लामो समय भएकाले सरकारले तत्काल समस्या समाधान गर्नुपर्नेमा जोड दिए। धर्नामा बसेका ४५ किसानलाई पक्राउ गर्नु दुःखद भएको उनको भनाइ थियो।

images
images

'किसानको माग न्यायोचित छ, ६ लाख किसानले करिब ६ अर्ब रूपैयाँ भुक्तानी पाउन बाँकी छ', प्रमुख सचेतक बर्तौलाले भने, 'किसानले बैँकबाट ऋण लिएका छन्, तिर्ने अवस्था छैन।' उनले किसानको समस्याको विषयमा कृषि मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै दूधको भुक्तानीको बक्यौता अविलम्ब उपलब्ध गराउनुपर्नेमा जोड दिए।

images
images
images

नेपाली कांग्रेकी सांसद नागिना यादवले किसानको जीविकोपार्जनको मुख्य आधार कृषि भएकाले किसानको जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन्। 'आन्दोलनरत किसानको माग तत्काल सम्बोधन गर्नुपर्छ', उनले भनिन्।

नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणी चौधरीले कानूनसम्मत दर्ता भएका क्रसर र खानी उद्योगको नवीकरण गर्नुपर्ने बताए। क्रसर व्यवसायीबाट ६ अर्ब रूपैयाँ राजस्व प्राप्त भइरहेको उनको भनाइ थियो।

स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले आन्दोलनरत कवाडी व्यवसायीमाथि लाठीचार्ज हुनु दुःखद् भएको बताए। आन्दोलनका क्रममा घाइते भएकाको उपचार निःशुल्क गर्न उनले माग गरे।

नेकपा (एमाले) का सांसद एकनाथ ढकालले गोरखाको भिमसेन थापा गाउँपालिका र धादिङको त्रिपुरासुन्दरी जोड्ने झोलुंगे पुल हालसम्म मर्मत हुन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले शान्तिपूर्ण आन्दोलनमा रहेका कवाडी व्यवसायीमाथि लाठीप्रहारको घटनाप्रति सरकारको ध्यानाकर्षण गराए।

नेकपा (एमाले) का सांसद मानवीर राईले लामो समयदेखि लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल अवरुद्ध हुँदा पर्यटकले सास्ती खेप्नुपरेको उल्लेख गरे। उक्त विमानस्थलसँगै सडकसमेत अवरुद्ध हुँदा बिरामीलाई समस्या भएकोप्रति सरकारको ध्यानाकर्षण गराए। रासस


प्रकाशित : बुधबार, असार ५ २०८११४:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend