शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

ताप्लेजुङमा बाढीपहिरोबाट ८१ परिवार विस्थापित, सडक र विद्युत आयोजनामा पनि क्षति

images
बुधबार, असार ५ २०८१
images
images
ताप्लेजुङमा बाढीपहिरोबाट ८१ परिवार विस्थापित, सडक र विद्युत आयोजनामा पनि क्षति
फाइल तस्बिर

सिरीजंघा र फक्ताङलुङ गाउँपालिकाका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका छन्, सडक स्थानीय तहले खुलाउने प्रयास गरिरहेका छन्।

images
images

ताप्लेजुङ- ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१ घरका तीन सय ४२ जना विस्थापित भएका छन्। एक साताको अवधिमा पहिरोमा परेर पाँचजनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए।

images
images

उनका अनुसार यहाँका आठ घर पूर्णरुपले क्षति भएका छन् भने १८ घर उच्च जोखिममा छन्। जिल्लाका विभिन्न स्थानका ५५ घर जोखिममा रहेका उनले जानकारी दिए।

images
images

'बाढीपहिरोबाट एक साताको अवधिमा ८४ वटा पशुचौपाया मरेका छन्। चार सवारीसाधनमा क्षति पुग्नाका साथै दुईवटा काठको मोटरेवल पुलसहित चारवटा पुल बाढीले बगाएको छ', प्रजिअ आचार्यले भने। बाढीपहिरोबाट विस्थापित ७० परिवार आफन्त तथा छिमेकीकामा आश्रय लिएर बसेको जनाउँदै ११ परिवार नजिकैको विद्यालयमा बसेका उनले बताए।

images
images
images

पहिरोबाट विस्थापित हुने अधिकांश सिरीजंघा, सिदिङ्वा, मिक्वाखोला र फक्ताङलुङ गाउँपालिकाका बढिरहेका प्रजिअ आचार्यले बताए। उनका अनुसार पहिरोमा परेर फक्ताङलुङ-२ का एकै परिवारका चारजनाको निधन भएको थियो भने पाँचथर फिदिमका एकजनाको सिरीजंघामा निधन भएको थियो।

पहिरोले अधिकांश ग्रामीण क्षेत्रका सडकका साथै विद्युत् आयोजनामा क्षति पुगेको छ। अवरुद्ध सडक स्थानीय तहले खुलाउने प्रयास गरिरहेका जनाएका छन्। सिरीजंघा र फक्ताङलुङ गाउँपालिकाका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका हुन्।

बाढीपहिरोले नगदेबाली अलैँचीमा सबैभन्दा बढी क्षति पुगेको स्थानीयले बताएका छन्। हरेक दिन वर्षा भइरहेकाले ग्रामीण क्षेत्रका नागरिक त्रसित बनेका छन्। रासस


प्रकाशित : बुधबार, असार ५ २०८११३:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend