मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा

images
बुधबार, असार ५ २०८१
images
पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा

गएराति परेको वर्षाका कारण सडक माथिबाट बगेको लेदो र खसेको पहिरोले अवरुद्ध सडक दुवैतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको छ।

images
images

सिन्धुली- आज बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ। सिन्धुलीको फिक्कल गाउँपालिका-२ सुम्नामबेँसी, गोलन्जोर गाउँपालिका-१ कुडुले र गोलन्जोर -६ अक्करेभिरस्थित सडक अवरुद्ध भएको थियो।

images
images
images

गएराति परेको वर्षाका कारण सडक माथिबाट बगेको लेदो र खसेको पहिरोले अवरुद्ध सडक दुवैतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए।

images
images

उनका अनुसार स्थानीय पालिकाको सहयोगमा जेसीभीले पहिरो पन्छाउने कार्य भइरहेको छ। रासस

images
images


प्रकाशित : बुधबार, असार ५ २०८११३:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend