मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

एकल महिलाको जीविकोपार्जनमा सघाउन बाख्रा वितरण

images
बुधबार, असार ५ २०८१
images
एकल महिलाको जीविकोपार्जनमा सघाउन बाख्रा वितरण

पालिकाले वितरण गरेका बाख्राबाट जन्मिएका पाठापाठी वडा कार्यालयले खरिद गर्ने छ। ती पाठापाठी अन्य विपन्नलाई वितरण गरिने छ।

images
images

पर्वत- जिल्लाको मोदी गाउँपालिकाले एकल महिलालाई उन्नत जातका बाख्रा वितरण गरेको छ।

images
images
images

विपन्न, एकल, अपांगता भएका, द्वन्द्वपीडित महिलालाई आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले ‘अध्यक्षसँग दिदीबहिनी कार्यक्रम’ अन्तर्गत ४८ जनालाई बाख्रा वितरण गरिएको हो।

images
images

गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माका अनुसार उनीहरूलाई एक-एकवटाका दरले बाख्रा वितरण गरिएको हो। पालिकाले वितरण गरेका बाख्राबाट जन्मिएका पाठापाठी वडा कार्यालयले खरिद गर्ने छ। ती पाठापाठी अन्य विपन्नलाई वितरण गरिने छ। यो प्रक्रिया निरन्तर चलिरहने र यसले पालिकाभित्रका अतिविपन्न परिवारको आयआर्जनमा टेवा पुग्ने अपेक्षा पालिकाको छ।

images
images

मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले बाख्रापालनमा निर्वाहमुखीभन्दा व्यावसायिक बन्नुपर्ने बताए।

आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले एकल महिला तथा विपन्न परिवारलाई बाख्रा वितरण गरिएको र बाख्रापालन व्यावसायलाई स्वरोजगारमुखी रूपमा अपनाउन पनि उनले सुझाव दिए। उपाध्यक्ष लामिछानेले व्यावसायिक रूपमा पशुपालन गर्ने किसानलाई पालिकाले विभिन्न अनुदानसमेत वितरण गर्दै आएका बताए।

बाख्रा वितरणका लागि चालु आर्थिक वर्षमा पाँच लाख रूपैयाँ विनियोजन गरिएको थियो। कार्यक्रमको प्रभावकारिता र यसले महिलाहरूको जीवनस्तरमा सुधार भएमा आगामी वर्षदेखि रकम थप गरिने पालिकाले जनाएको छ।

मोदी गाउँपालिकाका देउराली, भुकताङ्ले, क्याङ, राम्जादेउराली, चित्रेलगायत स्थानमा चरन क्षेत्र प्रशस्त रहेकाले व्यावसायिक रूपमा बाख्रापालन गर्न सहज छ। रासस


प्रकाशित : बुधबार, असार ५ २०८१११:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend