काठमाडाैं- नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरिञ्जीवी नेपालले राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकतामा नपरेकाले सुरक्षित रुपमा विकास हुन नसकेको बताएका छन्।
पूर्वगभर्नर नेपालले नेपाली सेयर बजार राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सुरक्षित रुपमा विकास हुन नसकेको बताएका हुन्।
उनले विगत ७ वर्षअगाडि जुन गतिमा सेयर बजारको विकास र विस्तारको लागि परिर्वतन भएको थियो त्यसपछि कुनै परिर्वतन नभएको बताए। पूर्वगभर्नर नेपालले लामो समयदेखि पुँजी बजारको विकासको लागि नियमावली ल्याउने तयारी भए पनि अहिलेसम्म ल्याउन नसक्नु सेयर लगानीकर्ताको लागि राम्रो नभएको बताए। उनले पछिल्लो समय सेयर बजार लगानीकर्ताहरू उत्साहका साथ प्रवेश गरे पनि बजार सुरक्षित तरिकाले अगाडि बढ्न नसकेको बताए।
सोमबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेपालले बजारमा सुधार हुन नसक्नु सेयर बजारमा बदमासी गर्नेहरूलाई कारबाही गर्ने कानून नहुनु रहेको उल्लेख गरे। उनले पछिल्लो समय नेपालमा सामाजवादी तथा प्रगतिशील विचार भएका राजनीतिक दलका नेता सरकारका मन्त्री भए पनि सेयर बजारलाई जुवा घर, अनउत्पादक क्षेत्र र साम्राज्यवादको विस्तारित रुप जस्ता विचारले बजार विकास हुन नसकेको बताए। उनले सेयर बजार एकदमै संवेदनशील क्षेत्र भएकाले माथिल्लो तहमा बसेका व्यक्तिहरूले सेयर बजारको विषयमा बोल्नु पर्ने जरुरी नभएको बताए।
पछिल्लो समय नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारलाई सहयोग नगरेको भने पनि राष्ट्र बैंक सधैँ बजारप्रति सकारात्मक रहेको बताए। उनले मौद्रिक नीतिमा ४/१२ करोडको सीमा तोक्ने समय गलत भएको बताए। अब नेप्सेलाई सरकारले निजी साझेदारीका रुपमा अगाडि बढाएर विकास र विस्तार गर्नु पर्ने समय आएको बताए।
यस्तो छ चिरिञ्जीवी नेपालको विचार -
सेयर बजारको विकास जुन गतिमा हुनु पर्ने भएको छैन। जती बेला म धितो बोर्डको अध्यक्ष भएको बेला मैले जे गरे त्यस पछि खासै केही भएको छैन। जुन बेला सेमि अटोमेशन ल्याएको थिए। त्यसपछि सेयर बजार सुधारको लागि सेयर नियमावली परिमार्जन गरेर ल्याउनु पर्ने थियो त्यो समेत ल्याउन सकिएको छैन। पहिला पहिला नागरिताको फोटोकपी बनाएर बोरा बोरामा पैसा बेकेर सेयरमा लगानी गर्ने गरिन्थ्यो। यस्तो व्यवस्था हटाएर मैले सबै बैंकमा खाता खोलेर बैंकिङ प्रणालीमार्फत कारोबार सुरु गर्ने काम गरेको थिए।
तर त्यसपछि जुन गतिमा सेयर बजारको विकास हुनुपर्ने हो भएको छैन। बजारमा नयाँ नयाँ लगानीकर्ता प्रवेश गरे तर लगानीकर्ता बजारमा प्रवेश गरे पनि बजार सुरक्षित तवरले अगाडि बढ्न सकेको छैन। सुरक्षित तवरले अगाडि बढ्नको लागि विश्वमा सेयर बजारमा भएका नयाँनयाँ सफ्टवयर देखि लिएर नियम कानुन समेत नेपालमा पनि ल्याउनु पर्छ। सेयर बजारमा बैंक तथा वित्तीय संस्था संस्थाले नराम्रो काम गरे कारवाही हुन्छ। सेयर बजारमा बदमासी गरेको लाई अहिलेसम्म कुनै कारवाही गरेको छ। सेयर बजारमा बदमासी गर्नेलाई कसैले कारवाही गरेको छ।
अहिलेसम्म त्यस्तो छैन। यो विषयमा सबैलाई थाहा छ। बदमासी गर्दा कारबाही पनि नहुने त्यसले गर्दा सेयर बजारको राम्रोसँग विस्तार विकास हुन सकेको छैन। सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डको आफ्नै भवन छैन। १० स्थानबाट कार्यालयको काम गरेर हिडेको छ। यो स्थितीमा सेयर बजारको प्रमुख नै छैन। ४५ खर्बको बजार ४५ लाख लगानीकर्ता समावेश भएको ठाँउमा चार महिनासम्म प्रमुख नहुँदा कस्तो असर पर्छ। सेयर बजार सबै भन्दा धेरै आर्थिक क्रियाकलाप हुने क्षेत्रमा कसैको ध्यान गएको जस्तो लाग्दैन।
त्यसैले ३२ सय अंकमा पुगेको नेप्से अहिले घटेर २३ सयको हाराहारीमा पुग्यो। ३२ देखि ३३ अर्बको मात्रै कारोबार भएको छ। त्यसले गर्दा हाम्रो देशमा प्रमुख मानिने राजनीतिक दलका प्रमुख नेतृत्व नै सेयर बजारको विषयमा गलत प्रचार गर्दछन्। जहाँ साम्मेवादी र प्रगतिशित विचार भएका मन्त्रीहरू कसैले सेयर बजार जुवा घर हो भन्ने कसैले अनउत्पादन क्षेत्र भन्ने गरेका छन्। यसरी माथिल्लो तहका देश सञ्चालन गर्ने व्यक्तिहरूले बेलाबेलामा दिएका अभिव्यक्तिले संवेदनशील सेयर बजार असर परेको छ।
सेयर बजार सम्बेदशिल क्षेत्र भएकाले सानो चिजले पनि लगानीकर्तामा असर गर्ने गरेको छ। लगानीकर्ता अत्तिरहेका पनि हुन्छन भने हैसिएका पनि हुन्छन्। त्यसैले सेयर बजारका विषयमा माथिल्लो तहमा बसेका देश सञ्चालन गर्ने व्यक्तिहरूले बोल्दै नबोल्दिए राम्रो हुन्छ। उहाँहरूले बोल्नु पर्ने जरुरी पनि रहेको हुँदैन। सेयर लगानीकर्ताहरूले भने जस्तो राष्ट्र बैंकले शयेर बजारलाई अवहेलना गरेको छैन। बैंकले अवहेलना नभई राष्ट्र बैंकले पुँजी वृद्धि गरेकाले नै अहिलेको अवस्थामा पुगेको हो। १८ सयसम्म पुँजी वृद्धिले पुर्याएको छ।
पहिलो ७ सयको इन्डेक्स रहेको थियो। यहाँ पुग्ने अवस्था थिएन। पुँजी वृद्धि नभएको भए १५ सयको हाराहारीमा बजार रहने थियो। राष्ट्र बैंकले सेयर बजार मात्रै नभएर समग्र अर्थतन्त्र हेर्ने हो। तर, पनि सेयर बजारलाई सर्पोट गरेको छ। अहिले पनि गरेको छ। तर, कहिले कहिले राष्ट्र बैंकले लिएको नीतिले असर पर्छ। राष्ट्र बैंकले आर्थिक वर्षको मौद्रिक नीतीमा तुरुन्त ४/१२को सीमा नल्याएको भए हुने थियो।
तर ल्याउँदा केही असर पर्यो। जहाँसम्म बैंकले बजारमा बढी पैसा जान्छ की भन्ने लागेर हुन सक्छ। बजार बढी रहेको थियो राष्ट्र बैंकले विस्तारै थाहा नपाउने तरिकाले गर्नु पर्ने थियो। तर त्यस्तो भएन यसमा सेयर लगानीकर्ता राष्ट्र बैंक प्रति दुखि छन्। नेपाली सेयर बजारले अन्तराष्ट्रिय बजारमा सन्देश राम्रो दिँदैन। अरु देशमा सेयर बजारको मान्यता दिएर नीति निर्माता देखि लिएर सबैले हेरेको हुन्छ। तर नेपालमा नीति निर्माताले सेयर बजारलाई त्यति महत्व नदिएको अवस्था हो। जो कोही सरकारमा गए पनि सेयर बजारलाई ध्यान दिने गरिएको छैन।
मुलुकको अर्थतन्त्रमा आर्थिक वृद्धि गर्नेको लागि पनि महत्वपूर्ण योगदान रहेको छ। यसले छरिएर रहेको पुँजीलाई जम्मा गर्ने र कम्पनीको सेयर जनतालाई दिएर कम्पनीमाथि जनतालाई पनि जिम्मेवारी बनाएको छ।
देशभरी छरिएर रहेको पुँजीलाई संकलन गरेर उद्योग पति व्यापारीहरूले व्यापार व्यवसाय विस्तार गर्ने सेयर बजारको संसार भएर नै उपयोग गर्ने गरेका छन्। हाम्रो जस्तो देशमा पैसा बचत गरेर उद्योग व्यवसाय सञ्चालन गर्ने स्थापित गर्ने अत्यन्त उपयोगी संस्था सेयर बजार हो।
यसबाट नै रोजगारी वृद्धि समेत गरेर देशको आर्थिक विकासमा सहयोग पुर्याएको छ। मुलुकको जिडिपीमा समेत ठूलो योगदान रहेको छ। जीडिपीभन्दा बढीको कारोबार मात्रै गर्दछ । सुधारको लागि नयाँनयाँ सफ्टवयरहरू ल्याउने र नीजि साझेदारीको रुपमा नेप्सेलाई अगाडि लग्दा राम्रो हुन्छ।’