बुधबार, मंसिर १२ गते २०८१    
images
images

मलेसिया र इराकमा काम गरेर फर्किएका पृथ्वी जुत्ताचप्पल उत्पादनबाट वार्षिक कमाउँछन् ८ लाख

images
बुधबार, असार ५ २०८१
images
images
मलेसिया र इराकमा काम गरेर फर्किएका पृथ्वी जुत्ताचप्पल उत्पादनबाट वार्षिक कमाउँछन् ८ लाख

उनको उद्योगमा चप्पल उत्पादनदेखि ‘एलईडी बल्बल एसेम्बल’सम्म हुने गरेको छ। दैनिक तीन सय जोरसम्म चप्पल उत्पादन हुने गरेको छ।

images
images

काभ्रेपलाञ्चोक- जिल्लाको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका-५ तालढुंगाका पृथ्वी पौडेलले घरमा नै उद्योग सञ्चालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन्। उनले ‘शर्मिला घरेलु उद्योग’ सञ्चालन गरेर जुत्ता, चप्पल र विद्युतीय सामग्रीको उत्पादन गरी थोक तथा खुद्रा बिक्री गर्दै आएका हुन्।

images
images
images

उद्योगबाट वार्षिक ८ लाख रूपैयाँसम्म नाफा हुने गरेको उद्यमी पौडेलले बताए। उनको उद्योगमा चप्पल उत्पादनदेखि ‘एलईडी बल्बल एसेम्बल’सम्म हुने गरेको छ। दैनिक तीन सय जोरसम्म चप्पल उत्पादन हुने गरेको छ।

images

आफूले बनाएका चप्पलको माग बढेको जानकारी दिँदै उनले भने, 'बल्बको शर्मिला एलइडी भनेर ब्राण्डिङ एवं बिक्री गर्दै आएको छु, चप्पलको पनि अब छिट्टै ब्राण्डिङ गर्नेछु।'

images

१३ लाख रूपैयाँ लगानी गरेर दुई वर्षदेखि सञ्चालन भएको उद्योगमा चप्पल बनाउने ठूला दुई र सानो एउटा मेसिन तथा बल्ब एसेम्बल गर्न चारवटा मेसिन राखेर उनले काम गरिरहेका छन्। मलेसिया र इराकमा काम गरेर फर्किएका उनले बस्ती विस्तारसँगै आफ्नो उद्योग फस्टाएको बताए।

तीनदेखि ५० वाटसम्मका बल्ब उत्पादन गरेर बजारीकरण गर्दै उनले अहिले मागअनुसार आपूर्ति गर्न नसकेको बताए। सहज रूपमा उद्योग सञ्चालन गर्न तथा उत्पादित सामग्री बजार पुर्‍याउन मौजुदा सडकको दुरावस्थाबाट आफू चिन्तित रहेको उनले सुनाए। रासस


प्रकाशित : बुधबार, असार ५ २०८११०:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend