मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

मध्यपहाडी लोकमार्ग : पहिरोले खुर्कोट-घुर्मी सडकखण्ड अवरुद्ध

images
बुधबार, असार ५ २०८१
images
मध्यपहाडी लोकमार्ग : पहिरोले खुर्कोट-घुर्मी सडकखण्ड अवरुद्ध
फाइल तस्बिर

सडक अवरुद्ध भएको स्थानमा स्थानीय सरकारका प्रतिनिधि र सुरक्षाकर्मी पुगेका छन्। अवरुद्ध सडक खुलाउने प्रयास जारी छ।

images
images

सिन्धुली- मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट-घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ।

images
images
images

पहिरोले गोलञ्जोर गाउँपालिका-६ हैबारबेँसी नजिकको अक्करेभिर, गोलञ्जोर-१ कुडुले, फिक्कल गाउँपालिका-२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो।

images
images

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार खुर्कोटबाट पूर्वतर्फको सडकखण्ड अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन तथा यात्री अलपत्र परेका छन्।

images
images

त्यस्तै गोलञ्जोर-१ कुडुलेमा प्र२-०३-००१ख ७१४४ नम्बरको टेलर पहिरोले पुरिएको छ। सडक अवरुद्ध भएको स्थानमा स्थानीय सरकारका प्रतिनिधि र सुरक्षाकर्मी पुगेका छन्। अवरुद्ध सडक खुलाउने प्रयास जारी छ। रासस


प्रकाशित : बुधबार, असार ५ २०८११०:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend