मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

जुम्लाका स्थानीय तहको आम्दानी न्यून

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार ५ २०८१
images
जुम्लाका स्थानीय तहको आम्दानी न्यून

नगरपालिकाले उठाएको उक्त रकम विभिन्न शीर्षकअन्तर्गत कर, सेवा शुल्क, व्यवसाय, सवारी, एकीकृत सम्पत्ति, घरजग्गा बहाल र नक्सापासबाट प्राप्त भएको हो।

images
images

जुम्ला- जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटा स्थानीय तहको आन्तरिक आम्दानीको स्रोत घटेको महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा औँल्याइएको छ। 

images
images
images

प्रतिवेदनअनुसार जिल्लाको एकमात्र नगरपालिका चन्दननाथले आर्थिक वर्ष २०७९÷८० मा वार्षिक दुई करोड ५० लाख आम्दानी हुने अनुमान गरेकामा एक करोड २० लाख ६० हजार रुपैयाँ मात्र आम्दानी भएको छ।

images
images

नगरपालिकाले उठाएको उक्त रकम विभिन्न शीर्षकअन्तर्गत कर, सेवा शुल्क, व्यवसाय, सवारी, एकीकृत सम्पत्ति, घरजग्गा बहाल र नक्सापासबाट प्राप्त भएको हो।

images
images

तिला गाउँपालिकाले १८ लाख ९० हजार रुपैयाँ आन्तरिक आम्दानी गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५८ मा पालिकाले आफ्नो कार्यक्षेत्रभित्रका विभिन्न व्यवसाय गर्ने व्यक्तिबाट व्यवसाय कर उठाउनुपर्ने व्यवस्था रहे पनि तिलाले कुनै पनि कर संकलन गर्न नसकेको महालेखा परीक्षकको प्रतिदेनमा सार्वजनिक गरिएको छ।

यसैगरी सिञ्जा गाउँपालिकाले गत आवमा १३ लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको थियो। तातोपानी गाउँपालिकाले पेस गरेको आयव्यायकोे अनुमानमा आन्तरिक आयतर्फ मालपोत कर सेवा, शुल्क दस्तुरवापत अनुमानित २० लाख रुपैयाँ प्राप्त हुुने प्रक्षेपण गरेकामा सोही आवमा ३० लाख ९९ हजार अर्थात् अनुमानभन्दा ५४ दशमलव ९९ प्रतिशत बढी आन्तरिक आय उठेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए। 

गुठीचौर गाउँपालिकाले १८ लाख ६६ हजार, हिमा गाउँपालिकाको १६ लाख ५४ हजार र कनकासुन्दरी गाउँपालिकाले १८ लाख २५ हजार रुपैयाँ आम्दानी गरेको महालेखा परीक्षकको प्रतिदेनमा जनाइएको छ।

स्थानीय तहले विभिन्न नौ प्रकारका कर उठाउन पाउने कानूनी व्यवस्था भए पनि जिल्लाका स्थानीय तहले आय संकलनमा कुनै चासो नदिएका तिला गाउँपालिका स्थानीयवासी नर रोकायाले बताए। आम्दानी कम हुँदा स्थानीय सरकार, संघ र प्रदेश सरकारको अनुदानमा निर्भर छन्। रासस


प्रकाशित : बुधबार, असार ५ २०८११०:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend