शनिबार, असोज ५ गते २०८१    
images
images

उद्योग संगठन मोरङको बिजनेस क्लिनिक कार्यान्वयनमा  

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस १३ २०७८
images
images
उद्योग संगठन मोरङको बिजनेस क्लिनिक कार्यान्वयनमा  

संगठनले सदस्य उद्योग प्रतिष्ठानका समस्याहरू संकलन गर्न सदस्य प्रतिष्ठानमा प्रत्यक्ष भ्रमण गर्न उद्योग भ्रमण कार्यक्रम नै सञ्चालन गरिरहेको छ । 

images
images

काठमाडौं- उद्योग संगठन मोरङले उद्योग व्यवसायका समस्याहरूको समाधान गर्ने सेवाको रुपमा सीआईएम बिजनेस क्लिनिक कार्यान्वयनमा आएको छ। 

images
images
images

गतसाता काठमाडौंमा संगठनको प्रतिनिधिमण्डलले  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र मन्त्रालयको टिम समक्ष बिजनेश क्लिनिकमा हालसम्म संकलन गरिएका सदस्य उद्योग प्रतिष्ठानहरूका १०४ वटा विभिन्न क्षेत्र तथा बिषयसँग सम्बन्धित समस्याहरू प्रस्तुत गरेसँगै क्लिनिक कार्यान्वयनमा आएको हो । 

क्लिनिकमा संकलित सदस्य उद्योग प्रतिष्ठानहरू समस्या समाधानको सहजिकरणका लागी उद्योग मन्त्रालयमा सम्पर्क समन्वय बिन्दु तोक्नुका साथै हरेक तीन  महिनामा संगठन र मन्त्रालयबीच सहजीकरण बैठक तथा समीक्षा बैठक गर्ने समझदारी भएको संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए ।  

संगठनले सदस्य उद्योग प्रतिष्ठानका समस्याहरू संकलन गर्न सदस्य प्रतिष्ठानमा प्रत्यक्ष भ्रमण गर्न उद्योग भ्रमण कार्यक्रम नै सञ्चालन गरिरहेको छ । 

images

यसरी संकलित समस्यालाई कार्यान्वयन तहका, नीतिगत तहका, उद्योग विशेष वा साझा समस्या तथा उर्जा, कर, राजश्व, श्रम, भन्सार, निर्यात आयात, बैंक तथा वित्तिय क्षेत्र, स्थानीय सरकार जस्ता विषयहरूमा वर्गीकरण गर्दै सोही अनुरूपको समाधानका लागी सम्बन्धित निकायमा पहल र प्रयत्न गर्दै आएकोमा उद्योग मन्त्रालयमा फोकल बिन्दु तोकिएसँगै अब उद्योगी व्यवसायीहरूका समस्याहरूको एकै स्थानबाट समाधानका लागी पहल र प्रयत्न गर्न सहज हुने अध्यक्ष प्याकुरेलले जानकारी दिए । 


संगठनको वार्षिक रणनीतिक कार्ययोजना अनुरूप सदस्य उद्योग प्रतिष्ठानहरूको समस्या समाधानका लागी पैरवी गर्दै उद्योग व्यवसायलाई पूर्ण क्षमता सञ्चालन गर्न क्षमता अभिवृद्धिमा समेत सघाउने उद्देश्यले बिजनेश क्लिनिकको आवश्यकता महसुश गरि नमुना कार्यक्रमका रुपमा कार्यान्वयनमा ल्याइएको अध्यक्ष प्याकुरेलले बताए ।  


प्रकाशित : मंगलबार, पुस १३ २०७८०६:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend