बुधबार, मंसिर १२ गते २०८१    
images
images

ट्र्याक खुलेको दुई दशकपछि बाबियाचौर सडक कालोपत्र, स्थानीय लाभान्वित

images
मंगलबार, असार ४ २०८१
images
images
ट्र्याक खुलेको दुई दशकपछि बाबियाचौर सडक कालोपत्र, स्थानीय लाभान्वित

सडक कालोपत्र नहुँदा बाबियाचौरदेखि बेनी पुग्न डेढघण्टा लाग्ने गर्दथ्यो। सडक कालोपत्र भएपछि पश्चिम म्याग्दीका बासिन्दा लाभान्वित भएका छन्।

images
images

गलेश्वर- बाटो पुगेको (ट्र्याक खुलेको) दुई दशकपछि म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारसम्म सडक कालोपत्र भएपछि बाबियाचौरदेखि म्याग्दीको सदरमुकाम बेनीबजार २० मिनेटमा पुग्न सकिने भएको छ।

images
images
images

२४ किलोमिटर दुरीको बेनी-दरबाङ सडकको बेनीदेखि बाबियाचौरसम्मको १७ किलोमिटर सडक कालोपत्र भएपछि डेढ घण्टाको बाटो २० मिनेटमा छोटिएको छ। सडक कालोपत्र नहुँदा बाबियाचौरदेखि बेनी पुग्न डेढघण्टा लाग्ने गर्दथ्यो। सडक कालोपत्र भएपछि पश्चिम म्याग्दीका बासिन्दा लाभान्वित भएका छन्। दरबाङसम्म कालोपत्रको काम छिटो सम्पन्न गराउन निर्माण कम्पनीलाई दबाब दिन स्थानीयले माग गरेका छन्।

images

विसं २०६३ मा ट्र्याक खुलेको बेनी-दरबाङ सडकअन्तर्गतको बेनी-बाबियाचौर खण्ड कालोपत्र भएको हो। दुई वर्षअघि बेनी बजारदेखि १२.५ किलोमिटर मंगला गाउँपालिका-२ सिममा पुगेको कालोपत्र सडक यसवर्ष पूर्वाधार विकास कार्यालयले विस्तार गरेर तोराखेत-बाबियाचौर-लाम्पाटा-पानाबगर हुँदै रणवाङको सिमानामा पुर्‍याएको हो।

images

पूर्वाधार विकास कार्यालय म्याग्दीका अनुसार सिमदेखि पानाबगर खण्डको तीन किलोमिटर आठसय मिटर सडक कालोपत्र गर्न विसं २०७८ पुस १८ गते अमर-ओमबुद्ध जेभीसँग रु दश करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता भएको थियो। बेनी-दरबाङ सडकको आठ किलोमिटर खण्ड कालोपत्र गर्न बाँकी रहेको छ। बेनी-दरबाङ सडक आयोजना अन्तरगत तेस्रो खण्ड रणबाङ-दरबाङ (करिब ७ किमि) को कालोपत्र योजनाको काम अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन भएका छन्। सडकको बाँकी अन्य खण्डको कालोपत्र भइसकेको अवस्थामा पूर्वाधार कार्यालयबाट केही रकम निकासा भएपछि बेपत्ता भएका हुन्।

ठेकेदारले विभिन्न बाहना र शक्ति केन्द्रको पहुँच देखाउँदै आएका स्थानीयले बताएका छन्। यो सडक कालोपत्र आयोजनाको ठेक्का बिरुवा-क्याराभान जेभीले विसं २०७६ जेठ ३१ लिएको थियो। ठेकेदारको अटेरीले पाँच वर्षमा पनि आयोजनाले पूर्णता पाउन नसक्दा यात्रु, यातायात व्यवसायी र स्थानीयवासीले सास्ती पाउने गरेका छन्।

मंगला गाउँपालिका-२, रणबाङदेखि मालिकाको केन्द्र दरबाङसम्म ६.८ किलोमिटर सडक कालोपत्र गर्न ठेकेदार कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच २२ करोड ५७ लाख नौ सय ३२ रूपैयाँमा ठेक्का सम्झौता भएको थियो।

कार्यालयका अनुसार,आयोजनाको अहिलेसम्म भौतिक प्रगति करिब ७२ प्रतिशत सम्पन्न भएको छ। गत चैत-बैशाखदेखियता निर्माण व्यवसायी निर्माण आयोजनास्थलमा देखिएका छैनन्। बेनी-बाबियाचौर खण्डा कालोपत्र भएपछि यात्रा सहज, सुरक्षित र अवधि छोटिएको मंगला गाउँपालिका-५ छिस्वाङका विकल सेनले बताए। 'कच्ची सडक हुँदा बाबियाचौरदेखि बेनी पुग्न १ घण्टा ३० मिनेट लाग्ने गरेको थियो,कालोपत्र भएपछि बाबियाचौरदेखि २० मिनेटमै बेनी पुग्न सकिने भएको छ', उनले भने।

सडकलाई आठ मिटर फराकिलो बनाएर र सात मिटर चौडाइका दरले डिबिएसडी प्रविधिको कालोपत्र गरिएको ओमबुद्ध निर्माण कम्पनीका प्रतिनिधि डम्मर सापकोटाले बताए। तोराखेत खण्डमा सडकको क्षेत्राधिकारमा पर्ने जग्गाका धनीहरुको बिबादले करिब एकसय मिटरमा कालोपत्र गर्न र संरचना निर्माणलाई अन्तिम रुप दिन नपाएको उनको भनाइ छ।

बिरुवा-क्याराभान जेभीले विसं २०७६ असार ३१ गते २२ करोड ५७ लाख नौ सय ३२ रूपैयाँमा ठेक्का लिएको बेनी-दरबाङ सडकको तेस्रो प्याकेजमा पर्ने मंगला गाउँपालिका-२ लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङ सम्मको ६.८ किलोमिटर सडक निर्माणको काम भने अधुरो रहेको छ। रासस


प्रकाशित : मंगलबार, असार ४ २०८११७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend