मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

भूकम्पपीडितलाई चाँडो राहत उपलब्ध गराउन सांसदको माग

images
मंगलबार, असार ४ २०८१
images
भूकम्पपीडितलाई चाँडो राहत उपलब्ध गराउन सांसदको माग
फाइल तस्बिर

'कुल ८७ हजार दुई सय ८० घर पुनःनिर्माण गर्नुपर्ने र ४३ अर्ब ६४ करोड रूपैयाँ बजेट आवश्यक पर्छ', सांसद कृष्णबहादुर रोकायले भने, 'तर सरकारले पर्याप्त बजेट विनियोजन हुन सकेको छैन, पुनःनिर्माण कहिलेसम्म सरकारले गरिसक्नुपर्ने हो?'

images
images

काठमाडाैं- राष्ट्रियसभा सदस्यहरुले जाजरकोट भूकम्पकपीडितलाई चाँडोभन्दा चँडो राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। राष्ट्रियसभाको आजको बैठकको विषेश समयमा उहाँले समयमा नै राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए।

images
images
images

सांसद मायाप्रसाद शर्माले गत कात्तिकमा जारकोट केन्द्रबिन्दु भइ गएको  भूकम्पका कारण भएको क्षतिको पीडितले हालसम्म राहत पाउन नसकेको भन्दै समयमा नै राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए।

images
images

'भूकम्पपीडित रहेको स्थानमा खानेपानीको हाहाकार भएको, छ, अझै कतिपय स्थानमा पालमा बसेर विद्यालय सञ्चालन भइरहेको छ त्यहाँको दर्दनाक अवस्था समाधान समयमा नै गरियोस्', उनले भने, 'पहिलो चरणको २५ हजार अस्थायी संरचना निर्माणका लागि रकम उपलब्ध भए पनि पीडितहरुले दोस्रो किस्ताको रकम पाउन सकिरहेका छैनन्।'

images
images

भूकम्पपीडितका लागि विनियोजन गरिएको रकम अपुग रहेको उनको भनाइ थियो। भूकम्पपीडितको राहत वितरणसम्बन्धी स्पष्ट कार्यविधि बनाउन आवश्य रहेकोमा शर्माले जोड दिएका छन्। भूकम्पका कारण जमिन मक्किएको भन्दै त्यस्ता स्थानमा मनसुनको समयमा पहिरोको जोखिममा रहेको भन्दै उनले समस्या समाधानका लागि पहल गर्नुपर्नेमा जोड दिएका छन्। 

सांसद कृष्णबहादुर रोकायले पनि जाजरकोट, रुकुमपश्चिम र सल्यानमा निजी निवास तथा अन्य सरकारी भवन, विद्यालय तथा स्वास्थ्य केन्द्र भत्किए पनि पुनःनिर्माणमा ढिलाइ भइरहेको बताए। भन्झटिलो सरकारी नीतिका कारण भूकम्पपीडितले सात महिनासम्म पनि दोस्रो किस्ताबापतको रकम नपाएको उनको भनाइ थियो।

'मनसुन सुरु भएको छ, यसवर्ष बढी वर्षा हुने र मनसुनजन्य घटना बढ्नसक्ने प्रक्षेपण गरिएको छ, भूकम्पपीडित अझै पहिरोको उच्च जोखिममा छन्', उनले भने। सयौँ विद्यालयका अझै पालमै अध्ययन गरिरहनु परेको उनले गुनासो गरे। 

पुनःनिर्माणसम्बन्धी कार्यविधि र प्राविधिक जनशक्ति नहुँदा पुनःनिर्माणको काममा अझ ढिलाइ हुनसक्ने खतरा बढेको उनको भनाइ छ। 'कुल ८७ हजार दुई सय ८० घर पुनःनिर्माण गर्नुपर्ने र ४३ अर्ब ६४ करोड रूपैयाँ बजेट आवश्यक पर्छ', उनले भने, 'तर सरकारले पर्याप्त बजेट विनियोजन हुन सकेको छैन, पुनःनिर्माण कहिलेसम्म सरकारले गरिसक्नुपर्ने हो?' रासस


प्रकाशित : मंगलबार, असार ४ २०८११६:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend