शनिबार, असोज ५ गते २०८१    
images
images

माओवादी अध्यक्ष दाहालको प्रतिवेदन : अर्काको सम्पत्ति हडपेर नाफा कमाउने माध्यम बन्यो सेयर बजार 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस १३ २०७८
images
images
माओवादी अध्यक्ष दाहालको प्रतिवेदन : अर्काको सम्पत्ति हडपेर नाफा कमाउने माध्यम बन्यो सेयर बजार 

दहालले फेरि पनि विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता संस्थालाई पुँजीवादको दलालका रुपमा व्याख्या गरेका छन्। 

images
images

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौंमा जारी ९ औं महाधिवेसनमा राजनीतिक दस्तावेज प्रस्तुत गरेका छन्। 

images
images
images

दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा आर्थिक विषयमा पनि प्रसस्त व्याख्या गरेका छन्। समाजवादलाई उद्देश्यमा राखिएको प्रतिवेदनमा पुँजीवादलाई गाली गरिएको छ। 

पुँजीवादलाई शोषक प्रणालीका रुपमा व्याख्या गरेका दाहालले सेयर बजारलाई पनि नराकात्मक रुपमा लिएका छन्। 

अरुको सम्पत्ति हडपेर छोटो समयमा अकुत आर्जन गर्नेहरूको जत्था नै सेयर बजारमा रहेको उनको विश्लेषण छ। 

images

'पुँजीपतिहरूले अरुको सम्पत्ति हडपेर छोटो समयमा  अकूत सम्पत्ति आर्जन गर्न  सेयर बजार तथा घरजग्गामा लगानी गर्न थालेका छन्' दाहालको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

दहालले फेरि पनि विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता संस्थालाई पुँजीवादको दलालका रुपमा व्याख्या गरेका छन्। 

 


प्रकाशित : मंगलबार, पुस १३ २०७८०५:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend