आइतबार, भदौ २३ गते २०८१    
images
images

तेस्रो मौद्रिक समीक्षापश्चात बैंकिङ प्रणालीबाट २३ अर्ब कर्जा प्रवाह

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ४ २०८१
images
images
तेस्रो मौद्रिक समीक्षापश्चात बैंकिङ प्रणालीबाट २३ अर्ब कर्जा प्रवाह

बैंकिङ प्रणालीमा पर्याप्त तरलता भएपनि कर्जा प्रवाह नबढ्दा बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएको हो। कर्जा प्रवाह न्यून रहेकाले बैंक वित्तीय संस्थाहरूले कर्जाको ब्याजदर घटाउँदै न्यून बिन्दुमा ल्याइसकेका छन्।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको तेस्रो मौद्रिक समीक्षापश्चात बैंकिङ प्रणालीबाट २३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।

images
images
images

राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो समीक्षा गएको जेठ ४ गते सार्वजनिक गरेको थियो। जेठ ४ गतेसम्म बैंकिङ प्रणालीबाट कुल कर्जा प्रवाह ५१ खर्ब १० भएकोमा जेठ ३१ गतेसम्म बढेर ५१ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ।

यस अवधिमा बैंकिङ प्रण‌ालीमा कुल निक्षेप ६२ खर्ब ४२ अर्ब रुपैयाँ संकलन भएको छ। जेठ ४ को तुलनामा निक्षेप संकलन करिब ५६ अर्ब रुपैयाँले बढेको छ।

वर्षको अन्त्यमा आएर सरकारले खर्च बढाएको र रेमिट्यान्समा भएको वृद्धिले बैंकिङ प्रणालीमा निक्षेप संकलन बढेको हो। कर्जा निक्षेप अनुपातका आधारमा बैंक वित्तीय संस्थाहरूसँग कुल लगानीयोग्य रकम ६ खर्ब १९ अर्ब रुपैयाँ रहेको छ। 

images

बैंकिङ प्रणालीमा पर्याप्त तरलता भएपनि कर्जा प्रवाह नबढ्दा बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएको हो। कर्जा प्रवाह न्यून रहेकाले बैंक वित्तीय संस्थाहरूले कर्जाको ब्याजदर घटाउँदै न्यून बिन्दुमा ल्याइसकेका छन्। 

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक वित्तीय संस्थाहरूको कर्जाको ब्याजदर २८ महिनायताकै न्यून बिन्दुमा आइपुगेको छ। हाल बैंकहरूको भारित औषत कर्जाको ब्याजदर १०.३४ प्रतिशत झरेको छ। 

अर्थतन्त्रमा रहेको शिथिलता, सहकारी क्षेत्रमा आएको समस्या र न्यून विकास निर्माणको माग नबढ्दा कर्जा प्रवाह नबढेको राष्ट्र बैंकले बताउँदै आएको छ। कर्जाको माग नबढेपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ। 
राष्ट्र बैंकले नियमितरुपमा तरलता खिचेकाले बैंक वित्तीय संस्थाहरूको अन्तरबैंकिङ कारोबार २.९५ प्रतिशत कायम भएको छ। राष्ट्र बैंकले पहिलो मौद्रिक समीक्षामार्फत नै ब्याजदर घटाएर कर्जा प्रवाह बढाउने नीति अवलम्बन गर्दै आएको छ। 

राष्ट्र बैंकले नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेर ब्याजदर घटाउने नीति लिएपनि कर्जा प्रवाह बढ्न सकेको छैन।

यस्तै मौद्रिक समीक्षामार्फत रियल स्टेट कर्जा र हायरपर्चेज कर्जाको जोखिमभार घटाएपनि कर्जा प्रवाह अपेक्षितरुपमा बढ्न नसक्दा बैंकिङ प्रणाली अधिक तरलताको समस्याबाट गुज्रिरहेको छ।

कर्जा प्रवाह अपेक्षितरुपमा नुहँदा बैंकहरूको खराब कर्जा बढेको छ। खराब कर्जा बढ्दा बैंकहरूको सञ्चित नाफा ऋणात्मक हुँदा कतिपय बैंकहरूको प्राथमिक पुँजीकोष राष्ट्र बैंकले तोकेको ८.५ प्रतिशत तल आएकाले पनि कर्जा प्रवाह नबढेको हो।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष ११.५ प्रतिशत कर्जा निजी क्षेत्रतर्फ प्रवाहित गर्ने लक्ष्य लिएपनि बैशाख मसान्तसम्म ४.८ प्रतिशतमात्रै कर्जा लगानी भएको छ। 


प्रकाशित : मंगलबार, असार ४ २०८१११:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend