शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

भोजपुरको जरायोटार-सिक्रेटार सडक स्तरोन्नति गरिँदै

images
सोमबार, असार ३ २०८१
images
images
भोजपुरको जरायोटार-सिक्रेटार सडक स्तरोन्नति गरिँदै

स्तरोन्नति गरिएपछि भोजपुरको सदरमुकाम तथा छिमेकी जिल्ला धनकुटा हुँदै तराईका जिल्ला प्रवेश गर्न सहज हुनेछ।

images
images

भोजपुर- भोजपुरको अरुण गाउँपालिकामा पर्ने जरायोटार-सिक्रेटार सडक स्तरोन्नति गर्न थालिएको छ। यसअघि कच्ची सडकका कारण स्थानीयवासीले सास्ती पाउने गरेका थिए।

images
images

आठ किलोमिटर सडकमध्ये पाँच किलोमिटर स्तरोन्नति गर्न थालिएको हो। गाउँपालिकाबाट विनियोजन गरिएको एक करोड रूपैयाँ बजेटबाट उक्त सडक स्तरोन्नति गर्ने काम भइरहेको अरुण-५ का वडाध्यक्ष कुमार थापाले जानकारी दिए। वडाको गौरवको योजनाको रुपमा रहेको उक्त सडक विस्तार गर्ने काम तीव्र गतिमा भइरहेको छ।

images
images

'सडकलाई बाह्रैमास सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको छ', वडाध्यक्ष थापाले भने। बर्सातमा आवतजावत गर्न समस्या भएपछि यसअघि वडाले १५ लाख रूपैयाँ बजेट विनियोजन गरेर भोजपुर-लेगुवा सडकको शून्य बिन्दुबाट करिब तीन किलोमिटर सडक स्तरोन्नति गरिएको उनले बताए।

images
images
images

'सडक स्तरोन्नति गरिएपछि बाह्रैमास यातायातका साधन सञ्चालन गर्न सकिने छ', उनले भने।

चट्टान हटाउने, सडक चौडा बनाउने, सतह मिलाउने, मोड मिलाउने, ग्याबिन जाली भर्ने, नाली कटाउने, पर्खाल लगाउने, ढलान गर्नेलगायतको काम भइरहेको छ। सडक स्तरोन्नति गरिएपछि कृषि उपजको बजारीकरणसँगै आवतजावत गर्न सहज हुने स्थानीय केदारप्रसाद अधिकारीले बताए।

स्तरोन्नति गरिएपछि भोजपुरको सदरमुकाम तथा छिमेकी जिल्ला धनकुटा हुँदै तराईका जिल्ला प्रवेश गर्न सहज हुनेछ। रासस


प्रकाशित : सोमबार, असार ३ २०८११७:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend