मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

कर्णाली प्रदेश : ६ वर्षमा तीन अर्ब आन्तरिक आम्दानी

images
सोमबार, असार ३ २०८१
images
कर्णाली प्रदेश : ६ वर्षमा तीन अर्ब आन्तरिक आम्दानी

विनियोजनको चालुतर्फ ६२.७१ प्रतिशत र पुँजीगततर्फ ५५.०१ प्रतिशत खर्च भइ समग्रमा ५७.९० प्रतिशत खर्च भएको छ।

images
images

सुर्खेत- कर्णाली प्रदेश सरकारले विगत ६ वर्षमा दुई अर्ब ८६ करोड १० लाख ६३ हजार रूपैयाँ आन्तरिक आम्दानी गरेको छ। प्रदेश सरकार स्थापनाको पाँच वर्ष र चालु आर्थिक वर्षको जेठ मसान्तसम्म गरी सो आम्दानी गरेको पाइएको छ।

images
images
images

आर्थिक वर्ष २०७९/८० सम्मको आन्तरिक राजस्व संकलन दुई अर्ब २४ करोड १३ लाख ६३ हजार रूपैयाँ भएको छ। यो कुल राजस्व लक्ष्यको ९४.८ प्रतिशत रहेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले बताए।

images
images

उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा प्रदेशको आन्तरिक राजस्व संकलन जेठ मसान्तसम्म ६१ करोड ९७ लाख रूपैयाँ अर्थात् लक्ष्यको तुलनामा ७४.१० प्रतिशत रहेको छ। आन्तरिक आम्दानीतर्फ कमजोर रहेको कर्णाली प्रदेश सरकारको विगत ६ वर्षको कुल बजेट भने एक खर्ब ६६ अर्ब ५६ करोड रूपैयाँ रहेको छ।

images
images

बजेटको संरचना हेर्दा चालुतर्फ ३७.४६ प्रतिशत र पुँजीगततर्फ ६२.५४ प्रतिशत विनियोजन भएको आर्थिक मामिलामन्त्री केसीले बताए। विनियोजनको चालुतर्फ ६२.७१ प्रतिशत र पुँजीगततर्फ ५५.०१ प्रतिशत खर्च भइ समग्रमा ५७.९० प्रतिशत खर्च भएको छ। चालु आर्थिक वर्ष सकिन अब एक महिना मात्रै बाँकी रहँदा सरकारको बजेट कार्यान्वनयको अवस्थासमेत कमजोर देखिएको छ।

संसद्‌मा आगामी वर्षको बजेट पेस गर्दै मन्त्री केसीले आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्मको खर्च चालुतर्फ ४९.३८ प्रतिशत र पुँजीगततर्फ २९.८७ प्रतिशत खर्च भई समग्रमा ३७.९३ प्रतिशत खर्च भएको बताए। आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्मको अवधिमा संघीय सरकारबाट प्राप्त बजेटमा ससर्त, समपुरक र विशेष अनुदानमा कुल २७ अर्ब ५२ करोड प्राप्त भएकामा सो आर्थिक वर्षभित्र खर्च नसकी सात अर्ब ७८ करोड रूपैयाँ संघीय सञ्चित कोषमा फिर्ता भएको छ। रासस


प्रकाशित : सोमबार, असार ३ २०८११७:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend