बुधबार, मंसिर १२ गते २०८१    
images
images

शुक्लागण्डकीमा ५० प्रतिशत अनुदानमा किसानलाई पाँच हजार कफीका बिरुवा वितरण

images
सोमबार, असार ३ २०८१
images
images
शुक्लागण्डकीमा ५० प्रतिशत अनुदानमा किसानलाई पाँच हजार कफीका बिरुवा वितरण

शुक्लागण्डकीको आठ सय मिटरदेखि एक हजार चार सय मिटर उचाइसम्मको पाखो जमिनमा कफीको व्यावसायिक खेतीको सम्भावना रहेकाले किसानलाई कफीखेतीतर्फ प्रोत्साहन गरिएको हो।

images
images

तनहुँ- जिल्लाको शुक्लागण्डकी नगरपालिका र कृष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा पाँच हजार कफीका बिरुवा वितरण गरिएको छ। यहाँका किसानलाई ५० प्रतिशत अनुदानमा कफीका बिरुवा वितरण गरिएको हो।

images
images
images

बाँझो जमिनको उपयोग गर्दै उत्पादनसँग जोड्ने उद्देश्यले शुक्लागण्डकी नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालित ‘युवासँग उपप्रमुख कार्यक्रम’ मार्फत ६० समूहका पाँच सय ७५ किसानलाई कफीका बिरुवा वितरण गरिएको नगरका आर्थिक विकास शाखा प्रमुख नवराज पण्डितले जानकारी दिए।

images

शुक्लागण्डकीको आठ सय मिटरदेखि एक हजार चार सय मिटर उचाइसम्मको पाखो जमिनमा कफीको व्यावसायिक खेतीको सम्भावना रहेकाले किसानलाई कफीखेतीतर्फ प्रोत्साहन गरिएको उनको भनाइ छ।

images

प्रमुख पण्डितले यसअघि किसानले उत्पादन गरेका कफी कास्की, स्याङ्जालगायत जिल्लामा बिक्रीवितरण गरिएकामा आगामी वर्षदेखि कृष्मी बहुउद्देश्यीय सहकारी संस्थासँगको समन्वयमा स्थानीयस्तरबाटै यचित मूल्यमा बजारीकरण गरिने बताए।

बाँदरलगायत जंगली वन्यजन्तुबाट कम क्षति हुने र पाखो बाँझो जमिनमा कफीखेतीको राम्रो सम्भावना रहेकाले आगामी वर्ष दोब्बर बिरुवा वितरण गर्ने गरी तयारी गरिएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड पोखरा र सहकारी संस्थाको साझेदारीमा २० हजार बिरुवाको नर्सरी निर्माण गरिएको सहकारीका अध्यक्ष मनराज गुरुङले जानकारी दिए।

युवालाई स्वदेशमै सम्भावना देखाउने उद्देश्यले युवासँग उपप्रमुख कार्यक्रममार्फत उत्पादन केन्द्रित अभियान सञ्चालन गरिएको नगर उपप्रमुख खुमबहादुर विकले बताए। उनले भने, 'स्वदेशी बजारदेखि अन्तर्राष्ट्रिय बजारसम्म नेपाली कफीको अत्यन्तै माग बढेको छ। शुक्लागण्डकी क्षेत्रमा मात्रै आधा दर्जन भन्दा बढी कफी पसल खुलेको पछिल्लो तथ्यांकले देखाउँछ।'

पछिल्लो समय युवापुस्तामा कफी पिउने संस्कृतिको विकास भएको दुलेगौँडामा सञ्चालित फिरफिरे कफी एण्ड डेरीका सञ्चालक राम गुरुङले बताए। अधिकांश युवापुस्ता चियाको साटो कफी पिउने रुचाउने उनको भनाइ छ। रासस


प्रकाशित : सोमबार, असार ३ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend