शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

नेपाल टेलिकममा फेरि बाहिरबाट प्रमुख ल्याउन चलखेल, अनिलकुमार झालाई प्रधानमन्त्रीको आशीर्वाद

images
सोमबार, असार ३ २०८१
images
images
नेपाल टेलिकममा फेरि बाहिरबाट प्रमुख ल्याउन चलखेल, अनिलकुमार झालाई प्रधानमन्त्रीको आशीर्वाद

प्रधानमन्त्रीका घरबेटी भनेर चिनिएका निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीका विश्वासपात्र मानिने झालाई प्रचण्डले योपालि भने टेलिकममा ल्याएरै छाड्ने मनस्थिति बनाएका छन्।

images
images

काठमाडौं- नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा फेरि बाहिरबाटै ल्याउनका लागि प्रधानमन्त्री नै लागि परेका छन्। 

images
images
images

टेलिकम प्रबन्ध निर्देशक सुनिल पौडेल भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएसँगै बर्खास्त भएका थिए। अहिले रिक्त पदका लागि सरकारले आवेदन मागिसकेको छ। प्रबन्ध निर्देशक नियुक्तिका लागि निर्देशिका नै एउटा व्यक्ति लक्षित गरेर संशोधन गरिएको छ।

जनक शिक्षा सामग्री लिमिटेडको प्रमुख रहेका इन्जिनियर अनिलकुमार झालाई टेलिकममा ल्याउनका लागि संशोधन गरिएको छ। झालाई टेलिकममा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नै अग्रसर देखिएका छन्। 

images

यसअघि नै टेलिकमको व्यवस्थापन बाहिरबाटै प्रबन्ध निर्देशक नियुक्त गरिएको थियो। सुनिल पौडेललाई प्रबन्ध निर्देशक बनाउन पनि निर्देशिका संशोधन गरिएको थियो। फेरि पनि सरकारले आफूले रुचाएको व्यक्तिलाई टेलिकममा ल्याउन निर्देशिक संशोधन गरेको हो।

images

सुनिल पौडेल ल्याउन १५ वर्षको कार्य अनुभवलाई १२ वर्ष र व्यवस्थापकीय भूमिकामा ५ वर्ष काम गरेको हुनुपर्ने व्यवस्थालाई ३ वर्षमा झारिएको थियो। अहिले फेरि त्यसमा पनि संशोधन गरिएको छ। अहिले संशोधन निर्देशिकामा सिभिल इन्जिनियरिङ वा मेकानिकल इन्जिनियरिङ शब्द थप गरिएको छ। यसैगरी ५६ वर्षको ठाउँमा ५८  वर्ष बनाइएको छ। साथै सबैभन्दा बढी सेटिङ ३ वर्षको व्यवस्थापकीय पदमा काम गरेको हुनपर्ने व्यवस्था संशोधन गरेर गरिएको छ।

मेकानिकल इन्जिनियरिङलाई मान्यता दिनुको पछाडि झा लक्षित रहेको छ। जनक शिक्षाका प्रबन्ध निर्देशक इन्जिनियर अनिल झाका लागि यस्तो व्यवस्था बनाइएको हो। उनी दूरसञ्चार प्राधिकरणको अध्यक्षको प्रतिस्पर्धामा समेत थिए।

प्राधिकरणको अध्यक्ष बनाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले अन्तिमसम्म लबिङ गरे पनि सञ्चारमन्त्री रेखा शर्मा कुनै पनि हालतमा सहमत भएकी थिइनन्। शर्माले प्राधिकरणमा भुपेन्द्र भण्डारीको नाममा अडान कसेर झालाई कुनै पनि हालतमा अध्यक्ष बनाउन नसकिने अडान लिएकी थिइन्। तर प्राधिकरणमा अध्यक्ष हुन नपाएपछि झालाई मिल्नेगरी फेरि नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिमा खेल्न खोजिएको स्रोतहरूको भनाइ छ।

टेलिकमभित्रै ग्रुमिङ भएका व्यवस्थापकबाट प्रबन्ध निर्देशक बनाउँदा काम गर्न सहज हुने भन्दै कर्मचारी युनियनले पनि यसअघि विरोध गरेको थियो। बाहिरबाट नेतृत्व ल्याउने भनेको टेलिकमलाई सुधारभन्दा पनि भ्रष्टाचार गर्नका लागि हो भनेर प्रष्ट हुने त्यहीका अधिकारीहरूले बताउँदै आएका छन्।

टेलिकमको नयाँ बिलिङको टेन्डर विचाराधीन रहेको तथा फाइभजीको नयाँ परियोजना सुरू हुने मुखमा नेतृत्वमा बाहिरबाट ल्याउनु भनेको स्वार्थ रहेको कर्मचारीहरूको भनाइ छ।

‘मेकानिकल इन्जिनियर तथा किताब छाप्ने संस्थाको नेतृत्व गरेको मान्छेलाई टेलिकमको नेतृत्वमा ल्याउनुका पछाडि के स्वार्थ हुन्छ? टेलिकमको उन्नति त पक्कै पनि होइन। खरिदमा आफू निकट कम्पनीलाई जिम्मा दिने र त्यसबाट कमिसन आफ्नो खल्तीमा झार्नकै लागि हो भन्ने कुरा त यसअघिका सुनिल पौडेलको नियुक्तिबाट पनि प्रष्ट भएको छ’, एक कर्मचारीले भने।

अनिल झाका लागि प्रधानन्त्री दाहाल नै मरिमेटेर लागेका छन्। झा यस्ता पात्र हुन् कि उनी हरेक निकायमा भ्याकेन्सी खुल्दा योग्यताले भ्याएसम्म आवेदन दिन्छन्। पेसा नै सरकारी नियुक्तिलाई बनाएका झा जनक शिक्षामै हुँदा कागज खरिदको अनियमिततामा मुछिएका व्यक्ति हुन्।

प्रधानमन्त्रीका घरबेटी भनेर चिनिएका निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीका विश्वासपात्र मानिने झालाई प्रचण्डले योपालि भने टेलिकममा ल्याएरै छाड्ने मनस्थिति बनाएका छन्। 


प्रकाशित : सोमबार, असार ३ २०८११६:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend