मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

२० करोड रूपैयाँले बढ्यो भद्रपुर मालपोतको राजस्व

images
सोमबार, असार ३ २०८१
images
images
२० करोड रूपैयाँले बढ्यो भद्रपुर मालपोतको राजस्व

गत आवको सोही अवधिमा ५० करोड एक लाख २० हजार दुई सय ७७ रूपैयाँ राजस्व संकलन भएको थियो।

images
images

झापा- भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको ११ महिनामा ७० करोड ९८ लाख १३ हजार आठ सय ९१ रूपैयाँ राजस्व संकलन गरेको छ। ११ हजार आठ सय ६१ थान रजिस्ट्रेसन पारितबाट उक्त आम्दानी भएको हो।

images
images

चालु आवमा जग्गाको कारोबार बढेकाले राजस्व बढेको मालपोत कार्यालयका सूचना अधिकारी राजु दाहालले बताए। 'गत आव २०७९/८० को ११ महिनाको तुलनामा चालु आवमा २० करोड ८७ लाख ९३ हजार ६ सय १४ रूपैयाँले राजस्व संकलन बढेको छ,' उनले भने।

images
images

गत आवको सोही अवधिमा ५० करोड एक लाख २० हजार दुई सय ७७ रूपैयाँ राजस्व संकलन भएको थियो। 

images
images
images

चालु आवमा सेवा करबापत ६ करोड ८६ लाख ७० हजार दुई सय ८९, रजिष्ट्रेसन दस्तुर ४३ करोड ४३ लाख ७८ हजार तीन सय ५५, छुटबापत पाँच करोड ७० लाख ६३ हजार सात सय ४५, डोर सुविधा शुल्क एक लाख ६५ हजार रूपैयाँ संकलन भएको छ।

पुँजीगत लाभकर २६ करोड ३५ लाख ५५ हजार तीन सय ८५ रूपैयाँ र विलम्ब शुल्कबापत एक लाख आठ हजार ६ सय ६ रूपैयाँ राजस्व संकलन गरिएको सूचना अधिकरी दाहालले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, असार ३ २०८११३:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend