मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

संघीय संसद्का कर्मचारीको माग सम्बोधन गर्न सिंहदरबारमा छलफल

images
सोमबार, असार ३ २०८१
images
images
संघीय संसद्का कर्मचारीको माग सम्बोधन गर्न सिंहदरबारमा छलफल

हाल संसद् सचिवालयमा तीन सय ९० कर्मचारीका कार्यरत छन्। आन्दोलनरत कर्मचारीले संसद् बैठकमै कालो पट्टी बाँधेर विरोध जनाएका थिए।

images
images

काठमाडौं- संघीय संसद् सचिवालयका कर्मचारीको माग र आन्दोलनका विषयमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, विभिन्न पार्टीका प्रमुख सचेतक/सचेतक र सचिवालयका उच्चाधिकारीसहितको छलफल सिंहदरबारमा सुरु भएको छ।

images
images

संघीय संसद् सचिवालय कर्मचारी युनियनले कर्मचारी प्रशासन नियमावली, २०६५ लाई अद्यावधिक गरी अनुसूची १२ मा समयानुकूल परिमार्जन गर्नुपर्ने, अतिरिक्त कामवापतको प्रोत्साहन भत्ता दिइनुपर्ने, कर्मचारी कल्याण कोषलगायत ११ बुँदे माग राखी गत जेठ ३० गतेदेखि आन्दोलन सञ्चालन गर्दै आएको छ।

images
images

आन्दोलनरत कर्मचारीले संसद् बैठकमै कालो पट्टी बाँधेर विरोध जनाएका थिए।

images
images
images

छलफलमा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सचिवालयका सचिवको उपस्थिति रहेको छ।

हाल संसद् सचिवालयमा तीन सय ९० कर्मचारीका कार्यरत छन्। रासस


प्रकाशित : सोमबार, असार ३ २०८११२:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend