बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

ताप्लेजुङका २५ घरपरिवार बाढी पहिरोबाट विस्थापित

images
सोमबार, असार ३ २०८१
images
images
ताप्लेजुङका २५ घरपरिवार बाढी पहिरोबाट विस्थापित

नौ स्थानीय तह रहेको जिल्लाका ६१ वडामध्ये ४१ वडा बाढी पहिरोको उच्च जोखिममा रहेका छन् भने १८ मध्यम र दुई न्यून जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

images
images

ताप्लेजुङ- यहाँका विभिन्न गाउँका २५ घर परिवार बाढी पहिरोका कारण विस्थापित भएका छन्। बाढी पहिरोका कारण उच्च जोखिममा रहेका १३ र जोखिममा रहेका १२ गरी २५ घर परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

images
images

सिरिजंघा गाउँपालिका-६ मामांखेका पाँच घर उच्च जोखिममा रहेका छन्। तीमध्ये चार परिवारलाई लक्ष्मी माध्यमिक विद्यालयमा राखिएको छ भने एक परिवार छिमेकीकामा आश्रय लिएर बसेको छ। 

images
images

यस्तै सिदिङ्वा गाउँपालिका-४ साब्लाखुका आठ घर उच्च जोखिममा रहेका छन्। उक्त आठ घरमध्ये सात घरका परिवारलाई सिंहेश्वरी आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको छ। एउटा परिवार छिमेकीकामा आश्रय लिएर बसेको जनाइएको छ।

images
images
images

यस्तै जोखिममा रहेका मिक्वाखोला गाउँपालिका-५ का चार र फुङलिङ नगरपालिका-१० का ६ परिवारसमेत अन्यत्र सरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बाढी पहिरोका कारण एउटा माइक्रो हाइड्रो र क्रसर उद्योग जोखिममा रहेका छन्।
 
बाढीपहिरोले चार घर बगाएको छ भने पाँच जनाको निधन भएको छ। जेठ ३१ गते राति पहिरोले घर बगाउँदा फक्ताङ्लुङ गाउँपालिकास्थित खेजेनिमका एकै परिवारका चार जनाको निधन भएको थियो भने सोही ठाउँकै दुई जना घाइते भएका थिए। फक्ताङ्लुङकै विभिन्न खोलाका चार पुलसमेत बाढीले बगाएको थियो।

यता मिक्वाखोला-३ मा रहेको एउटा माइक्रो हाइड्रोपावरमा समेत क्षति पुगेको छ। हाइड्रोको पाइप पहिरोले बगाएर विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा छन्। मनसुन सुरु भएदेखि नै भारी वर्षा भइ जिल्लाका अधिकांश क्षेत्रमा बाढी र पहिरो जाँदा अलैँचीसहितका बालीमा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन्।

नौ स्थानीय तह रहेको जिल्लाका ६१ वडामध्ये ४१ वडा बाढी पहिरोको उच्च जोखिममा रहेका छन् भने १८ मध्यम र दुई न्यून जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सबैभन्दा बढी फक्ताङ्लुङका सात वटै वडा उच्च जोखिममा रहेका छन्।

बाढी पहिरोले खानेपानीसहित विभिन्न जलविद्युत् आयोजनामा क्षति पुग्दा कतिपय ठाउँका नागरिक खानेपानी र विद्युत्को अभावमा परेका छन्। यता सिरिजंघा गाउँपालिका र फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा सडकसमेत पहिरोका कारण अवरुद्ध बनेका छन्। बाढी र पहिरोले पुगेको थप क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ। रासस


प्रकाशित : सोमबार, असार ३ २०८१११:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend