शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

आईपीओ मूल्यबाटै दोस्रो कारोबार गरेको 'मध्य भोटेकोशी' कतिसम्म पुग्ला? यस्तो छ प्राविधिक विश्लेषण

images
मंगलबार, पुस १३ २०७८
images
आईपीओ मूल्यबाटै दोस्रो कारोबार गरेको 'मध्य भोटेकोशी' कतिसम्म पुग्ला?  यस्तो छ प्राविधिक विश्लेषण
images
images

काठमाडौं- मध्य-भोटेकोशी जलविद्युत कम्पनी नेप्सेमा सूचीकृत भएर कारोबार सुरु भएको छ।

images
images
images

अधिकत मूल्य २८३.१६ रुपैयाँ भए पनि १०० रुपैयाँमा लगानीकर्ताले सेयर बिक्री र खरिद गरेपछि न्यूनतम अंकभन्दा केही रकम माथिबाट मात्रै कारोबार सुरु भएको थियो। दोस्रो बजारमा सूचीकृत हुनेवित्तिकै कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम ९४.३९ रुपैयाँदेखि अधिकतम २८३.१७ रुपैयाँ तोकिएको थियो। 

images
images

बैंकको नेटवर्थका आधारमा पछिल्लो लेखापरिक्षण भएको वित्तीय विवरणअनुसार मध्य भोटेकोशीको प्रतिसेयर नेटवर्थ ९४.३९ रुपैयाँ रहेको छ। यसकै आधारमा नेप्सेले पहिलो कारोबारको रेञ्ज प्रदान गरेको थियो। 

images
images

कारोबार भएको दोस्रो दिन बल्ल सोमबार सर्किट लागेर १२१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। सोमबार ११ रुपैयाँले प्रतिसेयर मूल्य बढेको छ। 

अब लगातार केही साता मध्य भोटेकोशीको सेयर मूल्यमा सर्किट लाग्ने देखिन्छ। जसका कारण प्राविधिक समीक्षाको आधारमा प्रतिकित्ता सेयरमूल्य ७ देखि ९ सय रुपैयाँसम्म पुग्ने देखिन्छ। 

कम्पनीको १८४ कित्ता सेयर मात्रै कारोबार भएको छ। ६ अर्ब चुक्ता पुँजी रहेको कम्पनीको ६ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत रहेको छ। ५१ प्रतिशत संस्थापक सेयरधनीहरूको र ४९ प्रतिशत सर्वसाधारण समूहको रहेको छ।

७२ करोड ६० लाख रुपैयाँ बजार मूल्यांकन रहेको छ। सर्वसाधारण समूहतर्फ कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चय गर्ने संचयकर्ता कर्मचारीको १९.५ प्रतिशत, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुको ३.५ प्रतिशत, ऋणदाता संस्था कर्मचारी सञ्चयकोषका कर्मचारीहरुको एक प्रतिशत, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि १० प्रतिशत र कर्मचारी तथा सर्वसाधारणहरुको लागि १५ प्रतिशत छुट्याएको छ। 

पहिलो चरणमा प्राथमिक सेयर बाँडफाँटपछि कायम भएका ८ लाख १९ हजार सर्वसाधारण लगानीकर्ताले सेयर खरिद बिक्री गर्न पाउने छन्। 


प्रकाशित : मंगलबार, पुस १३ २०७८०१:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend