मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

विकट गाउँका नागरिकलाई पुलको चिन्ता

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार ३ २०८१
images
विकट गाउँका नागरिकलाई पुलको चिन्ता

हिउँदको समयमा यातायातका साधान नियमित सञ्चालन भए पनि बर्खाको समय करिब चार महिना अवरुद्ध हुन्छन्। बाह्रै महिना यातायात सञ्चालन गर्नका लागि चार वटा खोलामा पुल बन्नुपर्छ।

images
images

ढोरपाटन- भौगोलिक विकटताका कारण पिछडिएको बागलुङको तमानखोलाका धेरै गाउँमा बर्खायाममा गाडी चल्दैनन्। एउटा गाउँ पुग्न दर्जन खोला छिचोल्नुपर्छ। तर बर्खामा सबै खोलानालामा पानीको बहाव बढ्ने हुँदा गाडी तर्न सक्दैनन्। 

images
images
images

केन्द्र बोंगादोभान बजारदेखि वडा नम्बर ६ को नर्जाखानी गाउँमा हिउँदको समयमा साढे दुई घण्टा लाग्छ। यस गाउँमा पुग्न पाँच वटा पुल तर्नुपर्ने हुन्छ। गाउँपालिकाले चालु आर्थिक वर्ष एउटा घाटमा पुल निर्माण गरेको छ भने अन्य चार स्थानमा बन्न सकेका छैन्। पुल नबनेपछि यस वर्षको बर्खामा पनि नर्जाखानीमा गाडी चल्ने छैनन्। विसं २०७६ मा सडकले जोडिएको बागलुङको सबैभन्दा टाढाको बस्ती हो। 

images
images

हिउँदको समयमा यातायातका साधान नियमित सञ्चालन भए पनि बर्खाको समय करिब चार महिना अवरुद्ध हुन्छन्। बाह्रै महिना यातायात सञ्चालन गर्नका लागि चार वटा खोलामा पुल बन्नुपर्छ। नर्जाखानी पुग्न घट्टबोटघाट, खुङ्खानीघाट, खुङखानीबगर घाट र नर्जाबगर घाट गरि चार स्थानमा मोटरेल पुल निर्माण गर्नुपर्छ।

images
images

अहिलेसम्म भिकोसघाट मा मात्रै पुल बनेको छ। वडा नम्बर ३ को तमान, लाम्मेला गाउँ हुँदै म्याग्दी पुग्न ढोमइ घाट र शेर्माखोला घाटमा पुल निर्माण गर्नुपर्छ। यहाँ पनि अहिलेसम्म पुल बनेको छैन। वडा नम्बर २ को बोङ्खानी, मुठाचौरलगायतका गाउँसम्म पुग्न बेसीघाट र बोङ्खानीघाटमा मोटरेवल पुल आवश्यक पर्छ। तर अहिलेसम्म कुनै पनि ठाउँमा पुल बनेका छैनन्। 

तमान खोलावासीलाई बाह्रै महिना यातायातको सुविधा दिनका लागि नौवटा पुल निर्माण हुनुपर्ने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए। अब ठूलो वर्षा भए सबै सडक बन्द हुने उनको भनाइ छ। पुल नबन्दा असारदेखि असोजसम्म सेवाग्राहीलाई पालिकाबाट सेवा लिन समस्या हुने अध्यक्ष बुढा मगरको भनाइ छ।

तमानखोलाको छ वटा वडाका बस्तीहरुमा पुग्न धेरै भिर पहरा र खोलाहरु पार गर्नुपर्ने हुँदा नागरिकले समस्या भोग्नुपरेको उनले बताए। धेरै खोलामा करिब दर्जन पुल आवश्यक परेको पर्ने हुँदा त्यसका लागि पालिकाको स्रोत साधानले नभ्याने हुँदा केन्द्र र प्रदेश सरकारको मुख ताक्नुपर्ने अवस्था रहेको अध्यक्ष बुढा मगर बताउँटन्।

'यहाँका नागरिकको सामस्या हामीहरुले राम्रोसँग बुझेका छौँ, कतिपय समस्या पालिकाबाटै समाधान गर्न सकिने रैछ भने कतिपय चाहेर पनि सकिँदोरहेनछ, बर्खामा धेरै गाउँ बस्तीमा गाडी चल्दैनन्, दर्जन ठाउँमा पुल बनाउनुपर्छ, एउटै पुल बनाउन करोडौँ खर्च लाग्छ, तर त्यो बजेट पालिकासँग हुँदैन', अध्यक्ष बुढा मगरले भने, 'केन्द्र र प्रदेश सरकारसँग बजेटको माग गरिरहेका छौँ, सबै ठाउँमा एकै पटक काम नहोला तर विस्तारै पुल बन्नेमा आशावादी छौँ।'

बर्खाको करिब चार महिना सडक बन्द हुने हुँदा वर्षा नहुँदै खाद्यान्न जोहो गरेर राख्नुपर्ने तमानखोला गाउँपालिका–६ का दिलबहादुर छन्त्यालले बताए। बर्खामा सबैभन्दा बढी समस्या बिरामीलाई अस्पताल पु¥याउँदा हुने उनको भनाइ छ। विकट गाउँमा सडक पुगे पनि पुल नबन्दा सस्ती भौग्नुपर्ने अवस्था रहेको छन्त्याल बताँछन्। उनले सडकले गाउँ नजोडिँदा स्थानीयले घोडा खच्चडमा ढुवानी गरेर सामान ओसारपसार गरेको भए पनि अहिले खच्चड पनि विस्थापित भएको बताए। रासस


प्रकाशित : सोमबार, असार ३ २०८११०:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend