शनिबार, असोज ५ गते २०८१    
images
images

५ महिनामा प्रहरीले उठायो २ अर्ब २० करोड राजस्व

images
सोमबार, पुस १२ २०७८
images
images
५ महिनामा प्रहरीले उठायो २ अर्ब २० करोड राजस्व
images
images

काठमाडौं- नेपाल प्रहरीले चालु आर्थिक वर्षको ५ महिनामा २ अर्ब २० करोड ८२ लाख रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ। संकलित यो रकम गत वर्षको सोही अवधिको तुलनामा १ सय ६ प्रतिशत बढी हो। 

images
images
images

आव २०७७/७८ को साउनदेखि मंसिरसम्मको आवधिमा नेपाल प्रहरीले १ अर्ब ६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। प्रहरीले विभिन्न ८ शीर्षकमा राजस्व संकलन गर्दै आएको छ।

प्रहरीले सबैभन्दा बढी राजस्व अवैध सुन बरामदबाट संंकलन गरेको छ। यो शीर्षकमा आव २०७८/७९ मा ८५ करोड ६१ लख ५५ हजार ७ सय ९१ रुपैयाँ राजस्व उठाएकोमा गत वर्ष १९ करोड ४२ लाख ३७ हजार ९ सय ८७ रुपैयाँ राजस्व उठाएको थियो। 

त्यस्तै यो वर्षको साउनदेखि मंसिरसम्ममा अवैध चाँदी बरामद गरेर ५७ लाख ८० हजार ५ सय १५, ट्राफिक कारबाहीबाट ५७ करोड ६० लाख ५५ हजार, अवैध मुद्राबाट ५ करोड ८७ लाख ५५ हजार ५ सय ६७, अवैध मालसामानबाट ४३ करोड ८४ लाख ८५ हजार रुपैयाँ रावस्व प्रहरीले उठाएको हो। 

images

यसैगरि अवैध काठबाट १ करोड ४४ लाख ८४ हजार ६ सय ४५, अदालती फैसला कार्यान्वयनबाट २५ करोड ७७ लाख २७ हजार ८ सय ७ र मास्क नलगाए बापत जरिवानाबाट ८ लाख १६ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको हो। 

अन्य शीर्षकमा गत वर्षको तुलनामा रावस्व संकलन बढेको भएपनि मास्क नलगाएबापतको जरिवाना भने ८१ प्रतिशतले घटेको नेपाल प्रहरीले जनाएको छ। 


प्रकाशित : सोमबार, पुस १२ २०७८११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend