मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

पर्यावरणीय प्रभावसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा

images
आइतबार, असार २ २०८१
images
पर्यावरणीय प्रभावसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा

एक सयभन्दा बढी विभिन्न विषयका कार्यपत्र प्रस्तुतीकरण र समूहगत छलफल गरिने छ। कार्यक्रममा तीन सयजनाको सहभागिता रहने निर्देशनालयले जनाएको छ।

images
images

चितवन- विश्वका कृषि र प्रविधिसम्बन्धी विज्ञहरुको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा हुने भएको छ।

images
images
images

कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान प्रसार निर्देशनालयले ‘कृषि व्यवसाय र प्रविधिमा पर्यावरणीय प्रभाव’ विषयक सम्मेलन यही असार ४ र ५ गते रामपुरमा गर्न लागेको हो।

images
images

निर्देशनालयका अनुसन्धान निर्देशक डा ऋषिराम कट्टेलका अनुसार सम्मेलनमा नेपाल, भारत, अमेरिका, इन्डोनेसिया, चीन र अष्ट्रेलियाका विज्ञ, प्रध्यापक तथा विद्यार्थीहरुको सहभागिता रहनेछ।

images
images

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा देवराज अधिकारी, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यराज रेग्मी, योजना आयोगका शिक्षा हेर्नुहुने सदस्य डा रमेशचन्द पौडेल, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्री, नाष्टका सचिव डा रवीन्द्र ढकाललगायत नेपालका कृषि क्षेत्रसँग सम्बन्धित विश्वविद्यालय र संघसंस्थाका विज्ञ, प्राध्यापक र विद्यार्थीको उपस्थिति रहने निर्देशक डा कट्टेलले बताए।

भारतको महात्मागान्धी चित्रकुट विश्वविद्यालयका डिन डा डिपी राई, आईसीएआर कानपुरका निर्देशक डा सन्तकुमार दुवेलगायत भारतका विभिन्न विश्वविद्यालय र संस्थाबाट एक सय प्रतिनिधि सम्मेलनमा सहभागी हुने उनले जानकारी दिए।

उनका अनुसार अमेरिका, इन्डोनेसिया, चीन, अष्ट्रेलियाबाट समेत विषयविज्ञ, प्राध्यापक र विद्यार्थीहरु उपस्थित भएर कार्यपत्र प्रस्तुत गर्नाका साथै छलफल गर्नेछन्।

एक सयभन्दा बढी विभिन्न विषयका कार्यपत्र प्रस्तुतीकरण र समूहगत छलफल गरिने छ। कार्यक्रममा तीन सयजनाको सहभागिता रहने निर्देशनालयले जनाएको छ। कृषि विश्वविद्यालय स्थापनाको दिन पारेर भरतपुर भ्रमण वर्षको सन्दर्भमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्न लागिएको निर्देशनालयका अनुसन्धान निर्देशक डा कट्टेलले जानकारी दिए। 

कार्यक्रममा कृषि व्यवसाय र प्रविधिमा पर्यावरणीय प्रभावका विषयमा छलफल गरिने छ। कट्टेलका अनुसार विभिन्न देशका विज्ञहरुले एकापसमा ज्ञान र सीपको आदानप्रदान गर्नेछन्। रासस


प्रकाशित : आइतबार, असार २ २०८११७:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend