शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

सिटिजन्स बैंकको ८९ औँ शाखारहित बैंकिङ सेवा

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस १२ २०७८
images
सिटिजन्स बैंकको ८९ औँ शाखारहित बैंकिङ सेवा
images
images

काठमाडौं- सिटिजन्स बैंकले ८९ औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको हो।

images
images
images

बैंकले नवलपरासी जिल्लाको सुनवल नगरपालिका, जर्गाहा मा यहि पुस ९ गतेबाट शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको जनाएको छ ।सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी लक्ष्मण आचार्य लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ।

images
images

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ। 

images
images

यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ।


प्रकाशित : सोमबार, पुस १२ २०७८११:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend