मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

मधेस प्रदेशको बजेट २२ करोडले घट्यो

images
आइतबार, असार २ २०८१
images
मधेस प्रदेशको बजेट २२ करोडले घट्यो

चालु आवभन्दा आगामी आवको बजेटमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको बजेट १६ करोड ३४ लाख रूपैयाँ बढाइएको छ।

images
images

वीरगञ्ज- मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रस्तुत गरेको बजेटभन्दा २२ करोड रूपैयाँभन्दा कम हुने गरी आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको छ। 

images
images
images

मधेस प्रदेशका अर्थमन्त्री भरतप्रसाद शाहले शनिबार प्रदेशसभाको बैठकमा चालु आर्थिक वर्षमा प्रस्तुत गरेको बजेटको आकारभन्दा शून्य दशमलव ५० प्रतिशतले घटी बजेट प्रदेशसभाको बैठकमा प्रस्तुत गरेका हुन्।

images
images

अर्थमन्त्री शाहले आगामी आव २०८१/८२ का लागि मधेस प्रदेशको ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रूपैयाँको बजेट ल्याएका हुन्। विनियोजित बजेटमध्ये चालुतर्फ १६ अर्ब सात लाख एक हजार रूपैयाँ अर्थात् ३६ दशमलव ४५ प्रतिशत रहेको छ। पुँजीगतर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार रूपैयाँ अर्थात् ६३ दशमलव ५५ प्रतिशत रहेको छ।

images
images

चालु आर्थिक वर्षमा भने मधेस प्रदेशका लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रूपैयाँ बजेट विनियोजन गरिएको थियो। अर्थमन्त्री शाहले आगामी आवमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पाँच अर्ब २१ करोड ६५ लाख ६ हजार रूपैयाँ बजेट विनियोजन गरेको बताए। चालु आर्थिक वर्षमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि भने रु पाँच अर्ब ४७ करोड ३४ लाख ७८ हजार विनियोजन गरेको थियो।

चालु आवभन्दा आगामी आवमा २५ करोड ६९ लाख रूपैयाँ बजेट घटेको छ। चालु आवभन्दा आगामी आवको बजेटमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको बजेट १६ करोड ३४ लाख रूपैयाँ बढाइएको छ। आगामी आवका लागि सो मन्त्रालयको दुई अर्ब ७९ करोड १९ लाख रूपैयाँ विनियोजन गरिएको छ। सोही मन्त्रालयका लागि चालु आर्थिक वर्ष २०८०/८१ को दुई अर्ब ६२ करोड ८५ लाख २७ हजार रूपैयाँ बजेट विनियोजन गरिएको थियो।

प्रदेश सरकारले आगामी आवका लागि भैतिक पूर्वाधार मन्त्रालयलाई १३ अर्ब ११ करोड ५२ लाख ७४ हजार रूपैयाँ विनियोजन गरेको छ। त्यस्तै, खेलकुद तथा समजा कल्याण मन्त्रालयतर्फ एक अर्ब ९५ करोड ८३ लाख ५० हजार विनियोजन गरेको छ।

यस्तै, ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालयतर्फ पाँच अर्ब १७ करोड ९६ लाख ४२ हजार रूपैयाँ विनियोजन गरिएको छ। गृह, सञ्चार तथा कानून मन्त्रालयतर्फ ७७ करोड ५७ लाख चार हजार विनियोजन गरेको बजेट वक्तव्यमा उल्लेख छ। 

शिक्षा तथा संस्कृति मन्त्रालयतर्फ दुई अर्ब ९० करोड ५१ लाख ७६ हजार रूपैयाँ विनियोजन गरिएको छ।

उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयतर्फ दुई अर्ब ९८ करोड ५८ लाख २२ हजार रूपैयाँ विनियोजन गरेको छ।

श्रम तथा यातायात मन्त्रालयतर्फ ९९ करोड ९७ लाख ४८ हजार रूपैयाँ विनियोजन गरिएको छ। वन तथा वातावरण मन्त्रालयतर्फ दुई अर्ब ४२ करोड ४० लाख २५ हजार रूपैयाँ विनियोजन गरिएको छ। रासस


प्रकाशित : आइतबार, असार २ २०८११५:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend