बुधबार, असार १८ गते २०८२    
बुधबार, असार १८ २०८२
images
images

मोहना नदीमा एक करोड लागतमा झोलुंगे पुल निर्माण हुँदै

images
आइतबार, असार २ २०८१
images
images
मोहना नदीमा एक करोड लागतमा झोलुंगे पुल निर्माण हुँदै
फाइल तस्बिर

कृष्णपुर-९ राजघाट र कैलालीको बोराडाँडी जोड्ने माहोना नदीमाथि उपभोक्ता समितिमार्फत पुल निर्माण अगाडि बढाइएको हो।

images
images

कञ्चनपुर- जिल्लाको कृष्णपुर नगरपालिका-९ राजघाटस्थित मोहना नदीमा एक करोड रूपैयाँभन्दा बढीको लागतमा झोलुंगे पुल निर्माण अगाडि बढाइएको छ। कृष्णपुर-९ राजघाट र कैलालीको बोराडाँडी जोड्ने माहोना नदीमाथि उपभोक्ता समितिमार्फत पुल निर्माण अगाडि बढाइएको हो। 

images
images

झोलुंगे पुल क्षेत्रगत कार्यक्रमको ८५ लाख ७८ हजार एक सय ५७ र नगरपालिकाको १४ लाख २२ हजार सात सय ६६ रूपैयाँको लागत साझेदारीमा पुल निर्माण भइरहेको नगरप्रमुख हेमराज ओझाले जानकारी दिए। उनका अनुसार बाँकी रकम बराबर स्थानीयले श्रमदान गर्ने छन्। निर्माण भइरहेको पुलको लम्बाइ एक सय १९ दशमलव ८० मिटर रहेको छ।

images
images

पुल निर्माणका लागि आवश्यक सामाजिक तथा प्राविधिक सहयोग गैरसरकारी संस्था नेपाल राष्ट्रिय विकास समाज कञ्चनपुरले गरिरहेको छ। नगरपालिका र उपभोक्त समितिबीच गत जेठ १ गते सम्झौता भइ विसं २०८३ जेठ १ गते निर्माण सम्पन्न गर्नुपर्ने समय निर्धारण गरिएको छ।

images
images
images

निर्माण उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश चौधरीले नदीमा पुल नहुँदा स्थानीयले हिउँदमा अस्थायी काठेपुल राखेर नदी ओहरदोहर गर्दै आएका बताए। यहाँ झोलुंगे पुल निर्माण भएपछि स्थानीयलाई आवागमनमा सहज हुनाका साथै व्यापार, व्यवसायमा वृद्धि हुने अपेक्षा लिइएको उनको भनाइ छ। रासस


प्रकाशित : आइतबार, असार २ २०८११४:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend