आइतबार, भदौ २३ गते २०८१    
images
images

प्रधानमन्त्री देउवा रिझाउन अध्ययनबिनाका विमानस्थलमा १ अर्ब ३२ करोड खर्चन पर्यटनमन्त्री आलेको मनोमानी

images
सोमबार, पुस १२ २०७८
images
images
प्रधानमन्त्री देउवा रिझाउन अध्ययनबिनाका विमानस्थलमा १ अर्ब ३२ करोड खर्चन पर्यटनमन्त्री आलेको मनोमानी
images
images

काठमाडौं- नेपाल नागरिक उड्ययन प्रधिकरणको सञ्चालक समितिका अध्यक्षसमेत रहेका पर्यटनमन्त्री प्रेम आलेले सुदूरपश्चिम क्षेत्रका विमानस्थलमा मनोमानी बजेट विनियोजन गरेका छन्।  

images
images
images

प्राधिकरणले आर्थिक वर्ष सुरू भएको पाँच महिनापछि बल्ल आइतबार बजेट पास गरेको थियो। आइतबार प्राधिकरणमा बसेको सञ्चालक समितिको बैठकले ४३ अर्ब ६० करोड ७७ लाख रूपैयाँ बराबरको बजेट पारित गरेको हो। जसमा पर्यटनमन्त्री आलेले उडान नै नहुने विमानस्थलमा समेत बजेट खर्च गराउन लागेका हुन्।

आइतबार पाँच महिना ढिला गरेर पारित भएको बजेटमा सुदूरपश्चिम क्षेत्रका लागि १ अर्ब ३२ करोड रुपैयाँ बजेट विनियोजन गराएका छन्। प्रधिकरण स्रोतका अनुसार मन्त्री आलेले धनगढीमा जवरजस्ती १ अर्ब रुपैयाँ छुट्याउन लगाएका हुन्। उनले धनगढी मात्रै नभएर अध्ययन नै नभएका ठाउँमा समेत बजेट विनियोजन गर्न लगाएका छन्। 

सुदूरपश्चिमको बझाङ विमानस्थलमा हप्तामा तीन वटामात्रै उडान हुने गरेको छ। साँफेवगर विमानस्थलमा समेत यात्रु नपाएपछि कुनै पनि एयरलाइन्सले उडान गर्न मानेका छैनन्।

images

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेलधुरामा पनि अध्ययनबिना नै बजेट विनियोजन गरेका छन्। विमानस्थलमा बजेट विनियाेजन भए पनि अध्ययन नै नभएकाेले खर्च हुनै नसक्ने अवस्था रहेकाे छ। खर्च गरिए पनि तजविजमा जवरजस्ती खर्च गर्ने अवस्था आउने छ। 

सुदूरपश्चिमका कैलालीको गेटा, कञ्चनपुरको मझगाउँ, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, अछामको साँफेबगर र कमलबजार, बझाङ, बाजुरा, डडेल्धुरा तथा डोटीको दिपायल विमानस्थलका लागि १ अर्ब ३२ करोड रुपैयाँ बजेट छुट्याएका हुन्। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा धनगढी विमानस्थलका लागि १ अर्ब, अछामको साँफेबगर र कमलबजार विमानस्थलका लागि ६ करोड, कञ्चनपुरको मझगाउँ विमानस्थलका लागि २ करोड ५१ लाख ३२ हजार, बैतडीको पाटन विमानस्थलका लागि १ करोड ५० लाख ४४ हजार, दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि २ करोड ६५ लाख ४८ हजार, बझाङ विमानस्थलका लागि १२ लाख ९९ हजार, बाजुरा विमानस्थलका लागि १८ लाख ७६ हजार छुट्याइएको छ। 

डडेल्धुरा विमानस्थल सम्भाव्यता अध्यनका लागि ५० लाख तथा डोटी विमानस्थलको २५० मिटर धावनमार्ग थप गर्न, टर्मिनल टावर निर्माण र जग्गा अधिग्रहणका लागि १८ करोड ६१ लाख ४७ हजार १०० विनियोजन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ।

सुदूरपश्चिमका साना विमानस्थलको स्तरोन्नतिदेखि कैलालीमा रहेको धनगढी विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन २५० बिघा जमिन अधिग्रहण तथा २ हजार ५ सय मिटर धावनमार्गका लागि बजेट विनियोजन गरिएको हो। 


प्रकाशित : सोमबार, पुस १२ २०७८१३:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend