मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

नाटकघरदेखि रात्रिकालीन मनोरञ्जन व्यवसायमा लगाइयो व्यापक कर

images
आइतबार, असार २ २०८१
images
images
नाटकघरदेखि रात्रिकालीन मनोरञ्जन व्यवसायमा लगाइयो व्यापक कर

फनपार्क, आकाशे सिसाको पुलको हकमा महानगर/उपमहानगरमा ५० हजार, नगरपालिकामा ३० हजार र गाउँपालिका १० हजार रुपैयाँ वार्षिक कर लगाइएको छ।

images
images

काठमाडौं- बागमती प्रदेश सरकारले मनोरञ्जन व्यवासायमा व्यापक कर लगाएको छ। प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बागमती आर्थिक ऐनमा मनोरञ्जन करमा विभिन्न शीर्षक थप गरेर सबै पेसालाई जोडेको छ।  

images
images

थियटर/नाटकघर, भिडियो घर, सांस्कृतिक प्रदर्शन हल र ओपेराको हकमा महानगर तथा उपमहानरमा रहेकालाई वार्षिक १० हजार, नगरपालिकामा ७ हजार र गाउँपालिकामा ५ हजार रुपैयाँ कायम गरिएको छ। यो कर पहिले थिएन।

images
images

यसैगरी डान्सबार, नाइट क्लब र रात्रिकालीन सेवाको हकमा महानगर/उपमहानगपालिकामा १ लाख, नगरपालिकामा ५० हजार र गाउँपालिको हकमा २५ हजार रुपैयाँ वार्षिक कर लाग्ने भएको छ।

images
images
images

यसैगरी दोहोरी साँझ/रोदीघरको हकमा महानगर/उपमहानगरमा ३० हजार, नगरपालिकामा १० हजार र गाउँपालिकामा ५ हजार वार्षिक कर लाग्ने छ।

यसैगरी मसाज एवं स्पाको हकमा महानगर/उपमहानगरमा ३० हजार, नगरपालिकामा १० हजार गाउँपालिकामा ५ हजार वार्षिक कर लगाइएको छ।

साथै फनपार्क, आकाशे सिसाको पुलको हकमा महानगर/उपमहानगरमा ५० हजार, नगरपालिकामा ३० हजार र गाउँपालिका १० हजार रुपैयाँ वार्षिक कर लगाइएको छ। 

यसैगरी फुटसल, पुल हाउस, स्वीमिङ पुल र जीम हाउसको हकमा महानगर/उपमहानगरमा १० हजार, नगरपालिकामा ७ हजार र गाउँपालिकमा ५ हजार रुपैयाँ वार्षिक कर लाग्ने छ।

साथै स्वीङ, वाटर गार्डेन, वाल उद्यान, पार्क, ताल तलैया, क्रुज, बोटिङ वा ढुंगा सफारी र रक क्वाइम्बिङको हकमा महानगर/उपमहानगरमा ५ हजार, नगरपालिकामा ३ हजार र गाउँपालिका दर्ता हुनेको हकमा वार्षिक ३ हजार रुपैयाँ कर लगाइएको छ। यी सबै नयाँ कर हुन्।


प्रकाशित : आइतबार, असार २ २०८११३:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend