बिहीबार , मंसिर १३ गते २०८१    
images
images

मनकामना केबलकार ५० दिन बन्द हुने

images
आइतबार, असार २ २०८१
images
images
मनकामना केबलकार ५० दिन बन्द हुने

‘एनालग’ प्रविधिमा रहेको केबलकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए। डिजिटल प्रणालीमा स्तरोन्नतिका साथै मुख्य तारको लट्ठासमेत फेर्न लागिएको छ।

images
images

चितवन- नेपालको पहिलो केबलकार मनकामना केबलकार ५० दिन बन्द हुने भएको छ। 

images
images
images

केबलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ। ‘एनालग’ प्रविधिमा रहेको केबलकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।

images

उनका अनुसार डिजिटल प्रणालीमा स्तरोन्नतिका साथै मुख्य तारको लट्ठासमेत फेर्न लागिएको हो। स्थापनाको २६ वर्षमा मुख्य केबल तार लट्ठा फेर्न लागिएको प्रालिका नायब महाप्रबन्धक शेरचनले बताए।

images

स्तरोन्नति कार्यका लागि दक्ष प्राविधिक अष्ट्रेलियाको डोप्पलमेयर कम्पनीबाट नै आउने उनले बताए। मनकामना केबलकार को विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि  केबलकार सञ्चालनमा ल्याइएको हो।

केबलकार सेवा बन्द रहे पनि उक्त अवधिभर चितवनको इच्छाकामना-४ कुरिनटार (चेरेस) स्थित केबलकार को प्रवेशद्वार (बटम स्टेसन)मा रहेको रेष्टुरेन्ट सेवा भने निरन्तर रहने  मनकामना दर्शन प्रालिले जनाएको छ। रासस


प्रकाशित : आइतबार, असार २ २०८११३:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend