बिहीबार , मंसिर १३ गते २०८१    
images
images

बागमती प्रदेशले बढायो मेला, महोत्सव र कन्सर्टमा लाग्ने मनोरञ्जन कर

images
आइतबार, असार २ २०८१
images
images
बागमती प्रदेशले बढायो मेला, महोत्सव र कन्सर्टमा लाग्ने मनोरञ्जन कर

महानगर/उपमहानगरको हकमा १ दिनको मेला, महोत्सव र कन्सर्टमा लाग्ने मनोरञ्जन कर ५ हजार रुपैयाँबाट बढाएर १५ हजार रुपैयाँ बनाइएको छ।

images
images

काठमाडौं- बागमती प्रदेश सरकारले मेला, महोत्सव र कन्सर्टमा लाग्ने मनोरञ्जन कर बढाएको छ। आगामी आर्थिक वर्ष २०८१ को लागि प्रदेशसभामा पेस भएको बागमती प्रदेश सरकारको आर्थिक ऐन २०८१ मार्फत कर बढाइएको छ।

images
images
images

जसमा महानगर/उपमहानगरको हकमा १ दिनको ५ हजार रुपैयाँबाट बढाएर १५ हजार रुपैयाँ बनाइएको छ। यसैगरी नगरपालिका क्षेत्रमा ४ हजार रुपैयाँलाई बढाएर १० हजार र गाउँपालिकामा २ हजारलाई बढाएर ५ हजार रुपैयाँ बनाइएको छ।

images

८ देखि १५ दिनको हकमा महानगरपालिकामा ४० हजारबाट बढाएर ५० हजार रुपैयाँ बनाइएको छ। यसैगरी नगरपालिकाको हकमा ३० हजार बाट बढाएर ३५ हजार र गाउँपालिकाको हकमा १५ हजारबाट बढाएर २० हजार रुपैयाँ बनाइएको छ।

images

१६ देखि ३० दिनको हकमा महानगरपालिकामा ६० हजारबाट ७० हजार, नगरपालिकाको हकमा ४५ हजारबाट ५० हजार र गाउँपालिकाको हकमा २० हजारबाट ४० हजार रुपैयाँ बनाइएको छ। ३० दिनभन्दा बढीको हकमा समान नै रहेको छ।


प्रकाशित : आइतबार, असार २ २०८११३:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend